काठमाडौं : टी-२० क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान जाँदैछ । पाँच राष्ट्र सम्मिलित क्रिकेट सिरिजका लागि नेपाली टोली अपरान्ह तीन बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । सिंगापुरमा जारी त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेलेर नेपाली टोली ओमान जान लागेको हो ।
ओमानले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । सिरिज असोज १८ देखि २३ सम्म हुनेछ । नेपालले पहिलो खेलमा आइतबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेदरल्याण्ड, आयरल्याण्ड र ओमानसँग खेल्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies