२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

फर्किन मन छ

shivam cement
दीर्घराज उपाध्याय
२०८२ कार्तिक ६ गते ०७:३४
Shares
फर्किन मन छ

त्यो धनगढी
धुलाम्मे एकसरो सडक
त्यो जोशी टाकिज
त्यो बिरेन्द्र–ऐश्वर्य उद्यान
स्मृतिबाट धुमिल भएको
गोरे गोठानीको त्यो स्वीट हाउस
बर्खामा हिड्न नसकिने हिलाम्ये सडक

फर्किन मन्, छ त्यो बालापनमा
भर्न दिनुछ अटो
दिनुछ, प्रिय मान्छेलाई
नयाँ वर्षमा
जुही चावलाको पोष्टकार्ड
र, लेख्नु छ, मिठो सायरी
र, अरु पनि थुप्रै लेख्न नसकेका कुराहरु

डोल जात्राको त्यो भीडमा
हराउन मन छ, एक पटक फेरि

जान मन छ, गोदावरी पिकनिक
नाँच्न नजानेर किनारबाट हेर्नेछैन
हो, नाँच्न मन छ, उधुमसंग
साथीहरुसंग

खान मन छ, गोरे स्वीटको जिलेवी
खत्री स्वीट हाउसको समोसा
र, टप ईन टाउनको मःम

ईन्टरभलमा साथीहरुसंग खानुछ, चटपट,
ठण्डा मिठा बरफ
र, चाकुको स्वाद लिनुछ फेरि

पोर्चुगलमा पिज्जा पोल्दै गरेको गणेश
उज्यालो सपनाको खोजीमा मायामी पुगेको चेत
टेलिकममा जोडिएर पनि सम्पर्क बिहीन भएको भुवन
अनि सपनाका लागि आफैलाई टाढा लगेको सुरेन्द्र
र, अरु पनि थुप्रै बचपनका यारहरुसंग
गर्नुछ यारी
बाड्नुछ जिन्दगीका सपना
उछिन्नु छैन, पढाईमा भरतलाई
क्लास टप तिमी नै हुनु
बस्, फर्किन मन छ, त्यो बालापनमा

लाईन छिचोलेर मिलेको
सरस्वती पूजाको त्यो एक पोका बुदिया
त्यो भन्दा मिठो अरु
कहिल्यै केही लागेन
र, जसका लागि गथ्र्यौ
धैर्यतापूर्वक
एक वर्ष लामो प्रतिक्षा

सरस्वती पूजापछि साथीहरुसंग
हूँल बाँधेर जान मन छ, जोशी टाकिज
मान्छेका काँध माथि चढेर टिकट काटेर
हेर्न मन छ, युगदेखि युगसम्म
बत्ती गएपछि, रील काटेको झोकमा
कराउन मन छ, भीडसंगै बेस्सरी
‘जोशी हगुल्ठाले ठोसी’

फेरि झगडा गर्न मन छ
ती साथीहरुसंग जो जोसंग झगडा गरे
तर कहिल्यै सरी भनेन
अव कहिल्यै बोल्ने छैन भनेर
उ हिड्ने बाटो हिडेन भोलिपल्ट
दुई दिनपछि थाहै नपाई बोल्यौ
सरी भन्न नदिने
त्यो बाल ईगो त्यागेर
यस पटक भन्नु छ, सरी

फर्किन मन छ, त्यो बालापनमा

(बालापनका सबै साथीहरुमा समर्पित)

 

तिहारमा कविता शृङ्खला

सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल

समय - बसन्त श्रेष्ठ

तिमी र म सँगै रोपौं - बबिता भट्टराई

प्रेमपत्र - मुकुल दाहाल 

शीतयुद्ध - अनमोल कँडेल

जीवन र कविता - भानुभक्त आचार्य

घाउ - सीता पाण्डे

फिलिङ्गो - केशव सिग्देल

सन्देह - अभय श्रेष्ठ

त्यो तिमी हौ - भगवती बस्नेत

सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा

जून खसेको दिन - दीपक ज्ञवाली

म एक श्रमिक - सुमिना

एउटा नोटको जीवनी - भूपिन

नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी

माटोको धमनी - रेशम विरही

यात्रा गान - बीपी अस्तु

तिमीलाई पर्खिरहेछु - जनक कार्की

तिमी पनि रसाएको देखें - झलकजी विकल्प 

फर्किन मन छ - दीर्घराज उपाध्याय

एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा 

जीवनदायी तिहार - लक्ष्मी थापा 

सम्बन्धित खबर