२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

जनताका गुनासा सुन्दै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक ३ गते २०:५३
जनताका गुनासा सुन्दै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत

गुल्मी : गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जिल्लामा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट नतिजा प्राप्त गरेरे सिंहदरवारको अधिकार गाउँगाउँमा पु¥याउन सफल भएको छ । 

गाउँपालिकाले नागरिकको स्वास्थ्य शिक्षा रोजगारप्रति संवेदनशील बन्दै गएको छ । गाउँपालिकाभित्र सेवा प्रवाह, विकास निर्माणको काम दु्रर्त गतिमा अगाडि बढाउँदै  नागरिकहरुको स्वास्थ्य शिक्षा रोजगारमा समेत संवेदनशील हुँदै विभिन्न खालका रचनात्मक कामहरु सञ्चालन गर्दै आएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए ।

नागरिकहरुको स्वास्थ्यलाई विशेष केन्द्रमा राखेर सबै वडाहरुमा प्रत्येक दुई÷दुई महिनाको अन्तरालमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

यहाँका वडामा सञ्चालन गरिएको स्वास्थ शिविरबाट हजारौं नागरिकले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेको भनाइ छ ।

गाउँपालिकाले यहाँका ज्येष्ठ नागरिकहरुलाई घर–घरमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ भने उनीहरुको सुरक्षा भत्ता कार्ड रिन्यु समेत गरी घरमा पुर्‍याइदिने गरेको छ  । विगतमा बिरामीहरुले पाल्पा बुटवल काठमाडौंमा उपचार गराउँदा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले मध्यान्हलाई जानकारी दिए । 

नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा सर्जिकल सेन्टरसँग सम्झौता गरी यहाँका नागरिकहरुले निःशुल्क मोतियाविन्दु शल्यक्रियाको सेवा लिइरहेका छन् । हालसम्म यहाँका सयौं  नागरिकहरुले मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरेका छन् । नागरिकहरुको सहज र सुलभ रुपमा आँखा उपचारका लागि गाउँपालिकाले प्राथमिक उपचार केन्द्रको स्थापना गरेको  अध्यक्ष ज्ञवालीले दाबी गरे ।

नागरिकहरुलाई राज्यबाट प्राप्त हुने औषधिको नियमित व्यवस्थापनका लागि पर्याप्त औषधिको आपूर्तिको व्यवस्था मिलाएको अध्यक्ष ज्ञवालीको भनाइ छ ।
गाउँपालिकाले उद्देश्य विपरित सञ्चालित र लामो समयदेखि निष्क्रिय रहेका सहकारी संस्थाहरुलाई नियमन गर्न शुरु गरेपछि सहकारीहरु पनि सचेत भएको र अहिले राम्रो काम गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए । 

स्थानीय सरकार सञ्चालन ऐनमा गाउँपालिकाको प्रशासकीय अधिकृत सहकारी रजिस्ट्रार हुने व्यवस्था अनुसार  सहकारीले लगातार दुई आर्थिक वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेको र विनियममा उल्लेखित उद्देश्यविपरित कार्य गरेका सहकारी संस्थाहरुलाई नियमन गरिएको  प्रशासकीय अधिकृत पाण्डेको भनाइ छ । गाउँपालिकामा पाण्डे प्रशासकीय अधिकृत बनेर आएपछि मुस्कानसहितको सेवा, कुनै पनि सेवाग्राही कामका लागि कार्यालयमा पुगेको ५ मिनेट भन्दा बढी बस्न नपर्ने गरी अहिले कामहरु अगाडि बढाएको पाइएको सेवा लिन कार्यालयमा आएका रुरुका स्थानीय प्रदिप अधिकारीले बताए ।

रूरूक्षेत्र गाउँपालिकाकाले अपाङ्गता भएका नागरिकहरुलाई घरमै गइ उनीहरूको माग बमोजिमका सामग्रीहरू वितरण गर्ने, नागरिकहरुको गुनासो तथा सुझावहरू संकलन गर्ने,  कृषकहरूसँग छलफल गर्ने, जेष्ठ नागरिकसँग छलफल गर्ने, ८० वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान, विभिन्न योजनाहरूको अनुगमन निरीक्षण गर्दै गाउँपालिका अध्यक्ष ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत पाण्डे, वडाध्यक्ष  लगायतका जनप्रतिनिधिहरु, स्वास्थ्य शाखा प्रमुख लगायत कर्मचारीहरू अहिले गाउँ–गाउँमा पुग्ने गरेको स्थानीय गाउँलेहरु बताउँछन् ।

ADV

सम्बन्धित खबर

Advertise