काठमाडौं : सरकारले अर्थशास्त्री प्रा.डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त गरेको हो ।
मन्त्रीपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले अर्थशास्त्री पौडेलसहित ...