काठमाडौंः तिहारपछिको पहिलो कारोबार दिनमा सुनको मूल्यमा दुई हजार बढीको गिरावट आएको छ ।
कात्तिक १५ गते हालसम्मकै उच्च अथात् प्रतितोला एक लाख ७१ हजार रुपैयाँ पुगेको छापावाल सुनको मूल्य मंगलबार तोलामा दुई हजार आठ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६८ हजार दुई सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । कात्तिक १५ गते तोलामा दुई हजार ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर दुई हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।