२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

०.२१ अंकले घट्यो नेप्से परिसूचक

ADV
मध्यान्ह
२०८१ कार्तिक २० गते १५:१७
०.२१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौंः तिहारको विदा पछिको पहिलो कारोबार दिनमा नेप्से परिसूचक ओरालो लागेको छ । आज शेयर बजार ०.२१ अंकले घटेर दुई हजार छ सय ७७ को विन्दुमा कायम भएको छ । आज एक सय १३ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय २३ कम्पनीको मूल्य घटेको छ । सात कम्पनीको शेयर मूल्य स्थिर छ । बजार घटेसँगै मिड सोलु हाइड्रोपावरको शेयर मूल्य अधिक घटेको छ । यस कम्पनीको मूल्य  १० प्रतिशतले घटेको हो ।

आज शेयर मूल्य सबैभन्दा धेरै बढ्नेमा सुपरमाइ हाइड्रोपावर रहेको छ । आज यस कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । साथै समाज लघुवित्तको ९ दशलमव ९५ प्रतिशत र यूनाइटेड मोदीको ९ दशलमव ५१ प्रतिशते बढेको छ ।

यस्तै, आज ३०२ कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता शेयर किनबेच हुँदा चार अर्ब २० करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै सानिमा जिआइसी इन्स्योरेन्सको १६ करोड ११ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको १५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise