२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

विश्वनाथ पौडेल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्त

मध्यान्ह
२०८२ जेठ ६ गते १८:४८
विश्वनाथ पौडेल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्त

काठमाडौं : सरकारले अर्थशास्त्री प्रा.डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त गरेको हो ।

मन्त्रीपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले अर्थशास्त्री पौडेलसहित तीन जनालाई गभर्नरका लागि सिफारिस गरेको थियो । सिफारिस समितिले पौडेलसँगै डेपुटी गभर्नर निलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराईको नाम गभर्नरका लागि सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो । पौडेलको नाम एक नम्बरमा थियो भने उनको नाममा सत्ता साझेदार कांग्रेस र एमालेबीच पनि सहमति भएको थियो ।

ADV

सम्बन्धित खबर