२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

बाबा बैजुनाथ सुगर मिल्स सञ्चालनमा

ADV
कृष्ण तिवारी
२०८१ कार्तिक १९ गते १९:२८
बाबा बैजुनाथ सुगर मिल्स सञ्चालनमा

रौतहट : रौतहट जिल्लामै ठूलो उद्योगको रूपमा कटहरिया नगरपालिका–९ डुमरियामा बाबा बैजुनाथ सुगर एन्ड केमिक्लस इन्डस्ट्रिज सञ्चालमा आएको छ । बाबा बैजुनाथ सुगर एन्ड केमिक्लस इन्डस्ट्रिजको सोमबार विधिवत रुपमा डोंगा पूजा गरिएसँगै सञ्चालनमा आएको हो ।

ब्राहमणद्वारा हिन्दू परम्परा अनुसार मन्त्रोच्चारण सहित मिलका निर्देशक अभय प्रकाश जैसवाल दम्पतीले डोंगा पूजा गरेका थिए । उखु क्रसिङ गर्नु अघि खरिद गरिएको उखु राख्ने ठाउँलाई मिल्सको भाषामा डोंगा भन्ने गर्दछ । पूर्ण विधि विधान अनुसार डोंगालाई पुजा गरेर मिल सञ्चालन गरेमा वर्षभरि बिना बाधा राम्ररी सञ्चालन हुने धार्मिक मान्यता रहेको पाइन्छ ।

मिल सञ्चालनको क्रममा सोमबार सबैभन्दा पहिले मिलमा उखु ल्याएका गढिमाइ नगरपालिका– ३ का किसान शिव श्याम बैठालाई निर्देशक अभय प्रकाश जैसवालले सम्मान गरे । बाबा बैजुनाथ चिनी मिल सञ्चालन भएदेखि नै घाटा बेहोर्दै आएपनि यस पटक २० लाख क्वीन्टलभन्दा बढी उखु क्रसिङ गर्ने लक्ष्यसहित सञ्चालन गरिएको चिनि मिल सञ्चालन समितिका अध्यक्ष बैजु बाबराले बताए । उनले विविध कारणले गत वर्ष मात्र साढे १२ लाख कुईन्टल क्रसिङ गरी बन्द भएको थियो । गत वर्ष क्रसिङ भएको उखु बापतको किसानलाई सम्पूर्ण भुक्तानी भइसकेको उनले बताए ।

नेपाल सरकारले दिँदै आएको अनुदानको  रकम  भुक्तानी गरिसकेको  अध्यक्ष बाबराले जानकारी दिए ।  यस सिजनमा उखु खेती गर्ने किसानको सुविधाको सुविधा स्वरूप मिलले मलखाद , बीउ तथा ऋण स्वरूप खेती अनुसारको केही रकम समेत दिने योजना रहेको छ । समयमा उखुको भुक्तानी नपाएर विगतमा उखुखेती गर्न छोडिसकेका दर्जनौं किसानहरू मिलले नियमित भुक्तानी दिनथाले पछि पुनः उखु खेती गर्ना थालेको उनले बताए । यस सिजनमा पनि मिलमा चालान हुने उखुको निर्धारित समयभित्र भुक्तानी तालिका अनुसार भुक्तानी दिने योजना अनुसार मिल सञ्चालन गरिएको अध्यक्ष बाबराले प्रतिबद्धता जनाएका छन् ।

बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईन्डस्ट्रीज कटहरिया–९ डुमरियाका उखु महाप्रवन्धक  सियाराम साहले मिल सञ्चालनको पहिलो चरण सोमबारदेखि उखु ल्याउन किसानलाई चलान पुर्जी वितरण सुरु भएको बताए । यस सिजनमा लक्ष्य अनुसारको उखु ल्याउनको लागि रौतहटका साथै छिमेकी जिल्लाहरू बारा र सर्लाहीका किसान तथा स्थानिय प्रशासनसंग सहमतिको भैसकेको  महाप्रवन्धक  साहले जानकारी दिए । लक्ष्य अनुरूप उखु क्रसिङ गर्न सकेमा व्यवसायिक दृष्टिकोणले सञ्चालन गरिएको चिनी मिल अब घाटामा नजाने महाप्रवन्धक साहले दाबी गरे । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise