तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाल आइडलको तेस्रो सिजनका सेकेन्ड रनर अप किरण भुजेल र उत्कृष्ट ९ मा परेका चर्चित गायिका ममता गुरुङले कतारमा उधुम मच्चाएका छन् । गायक भुजेल र गायिका गुरुङले बुघबार राति अर्मानि एक्स लन्ज एन्ड बारले आयोजना गरेको "भ्यालेन्टाइन नाइट" मा उधुम मच्चाएका हुन् ।
रातको करिब १२ बजे स्टेज चढेकी गायिका गुरुङले फेरी भेट नहोला, मत डुब्दै डुब्दै गए, सुन मरी रानी, नशालु तिम्रो आँखाले, रेलीमै रेलीमै, सेल्फी हानौंला सहित दर्जन गीत पेस गरिन् । लगत्तै स्टेज चढेका भुजेलले तालको माछी, पिउँदिन भन्दा भन्दै, आधा दु:ख घटाएर, तिमि बिना चल्दैन मेरो सास आँखामा बसाउलगायतका दर्जन गीत गाए ।
उनीहरूले आज साँझ पनि सोही क्लबमा पुन: सांगीतिक प्रस्तुति दिने कार्यक्रम संयोजक रोशन अर्यालले मध्यान्ह दैनिकलाई जानकारी दिए । आज प्रवेश निःशुल्क रहेको कार्यक्रमको ढोका दिउसो दिउँसो ४ बजेबाट खुल्ने र साँझ ८ बजेबाट सांगीतिक कार्यक्रम सुचारु हुनेछ ।
बुधबार रातिको कार्यक्रममा संयोजक अर्याल, क्लब सञ्चालक सन्दीप भट्टराईले समेत भर्षटायल गायिका साना महर्जनसँग जोडी बाँधेर युगल गीत गाए । कार्यक्रमको अन्तिम प्रहरमा भुजेल र गुरुङले युगल गीत मार्फत नाइटको बिट मारेका थिए ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाल आइडलको पहिलो सिजनको उत्कृष्ट चारमा परेका लोक प्रिय गायक सागर आले बुधबार कतार आइपुगेका छन् । आलेले बिहीबार साँझ कतारको दोहामा रहेको वेस्ट वेस्टर्न होटेलमा एसियाना दोहोरी गजल रेस्टुरेन्ट एन्ड बारले आयोजना गरेको "भ्यालेन्टाइन विक" मा प्रस्तुति दिने भएका हुन् ।
प्रस्तुति दिन कतार आइपुगेका आलेले आफ्नो सोसियल मिडियामार्फत एक भिडियो सार्वजनिक गर्दै कतारमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा निमन्त्रणा गरेका छन् । आलेको स्वागतका लागि आयोजक, मिडियाकर्मीलगायतका अन्य व्यक्तिहरू एयरपोर्ट पुगेका थिए । कार्यक्रमको ढोका दिउसो दिउँसो ४ बजेबाट खुल्ने र साँझ ८ बजेबाट सांगीतिक कार्यक्रम सुचारु हुनेछ । कार्यक्रममा प्रवेश शुल्क कतारी रियाल ५० कायम गरिएको छ l
काठमाडौं । गायक बादल लिम्बुले नयाँ गीत ‘सोल्टिनी’ ल्याएका छन् । गीतकार शान्ति लिम्बुले लेखेको लोक शैलीको यो गीतमा बादल स्वयंले संगीत भरेका छन्।
भ्यालेन्टाइन्स डेको अवसरमा सार्वजनिक भएको यो गीतको भिडियोमा चर्चित जुम्ल्याहा कलाकार गंगा लिम्बु र जमुना लिम्बु सोल्टिनीको भूमिकामा फिचर्ड छन्। उनीहरुसँगै भिडियोमा गायक बादलसँगै कलाकार भूपु लिम्बुको पनि अभिनय छ।
‘यो रोमान्टिक शैलीको प्रेम गीत हो। गीतमा लिम्बु संस्कृतिको लय झल्किएको अनुभूति गर्न सकिन्छ,’ गायक लिम्बुले भने ।
उदयराज पौडेलको एरेन्ज, अनिल रानाको सम्पादन रहेको यो गीतको भिडियोको छायांकन र निर्देशन किरन राईले गरेका हुन्। गीतलाई मुन्धुम स्टुडियोले सार्वजनिक गरेको हो।
काठमाडौं : सुप्रसिद्ध गायक उदित नारायण झा र दिपा नारायण झाको स्वरमा रहेको प्रेमिल भावको गीत 'थाहा छैन आज भोलि' काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । लामो समयको अन्तरालपछि सदाबहार जोडी उदित र दिपाको स्वरमा उक्त गीत नेपाली दर्शक स्रोताहरु माझ आएको हो ।
प्रसिद्ध गीतकार सरला श्रेष्ठको रचना र चर्चित युवा संगीतकार लक्ष्मण पोखरेलको संगीतमा तयार भएको गीतको लोकार्पण समारोहमा वरिष्ठ गीतकार बिबी थापा, संगीतकार राजु सिंह, नेपाल गीतकार संघका अध्यक्ष तथा गीतकार वशन्त वित्यासी थापालगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
अमेरिकामा बसेर नेपाली गीत संगीत र समाजसेवामा सक्रिय सरला श्रेष्ठको रचना रहेको गीतको बारेमा विभिन्न वक्ताहरुले धारणा राखेका थिए । लामो समयपछि उदित र दिपाको स्वरमा नेपाली स्रोताहरुसँग एउटा मिठो र सदाबहार गीतमार्फत जोडिन पाएकोमा संगीतकार लक्ष्मण पोखरेल पनि दंग देखिन्थे ।
कार्यक्रममा गायक, गायिका र गीतकारले भिडियोमार्फत गीतको सफलताको शुभकामना व्यक्त गरेका थिए । एसएस क्रियसन युट्युब च्यानलबाट प्रसारण गरिएको गीतको भिडियोलाई चर्चित निर्देशक सुव्रत आचार्यले निर्देशन गरेका हुन् । मनोज चौलागाईंको संगीत संयोजन, किशोर थापाको ध्वनि सम्पादन, राजेश श्रेष्ठको रेकर्डिङ रहेको गीत मुम्बईको प्रख्यात स्टुडियो कृष्ण स्टुडियोमा रेकर्ड गरिएको हो । आमिर शेखले गीतलाई रेकर्ड गरेका थिए ।
अहिलेका व्यस्त नायिका श्रद्धा क्षेत्री, विजु पार्की, आन्नद सिंहको अभिनय रहेको गीतलाई उत्सव दाहालले खिचेका हुन् । म्युजिक भिडियोमा विकास दाहालको सम्पादन, जया शर्माको क्रियटlभ निर्देशन, दिपेन गौतमको प्रोडक्सन म्यानेजमेन्ट, सविता प्रजापतिको मेकअप, मार्कु तामाङको ड्रेस रहेको छ । गीतको भिडियोलाई विभिन्न रमणिय स्थलमा छायाँकन गरिएको छ । नेपाली दर्शक स्रोतासँग लामो समयपछि एउटा मिठो गीतमार्फत पुन: जोडिन पाएकोमा गायक उदित नारायण र दिपा नारायण झाले खुसी व्यक्त गरे ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाल आइडलको तेस्रो सिजनका सेकेन्ड रनरअप किरण भुजेल र उत्कृष्ट ९ मा परेका चर्चित गायिका ममता गुरुङ कतार आइपुगेका छन् । उनीहरूले आज मंगलबार र बुधबार साँझ कतारको दोहाको साना सिग्नल नजिक रहेको ग्रान्ड रिगल होटेलमा अवस्थित अर्मानि एक्स लन्ज एन्ड बारले आयोजना गरेको "भ्यालेन्टाइन नाइट"मा प्रस्तुति दिने भएका हुन् ।
आफ्नो सांगीतिक प्रस्तुति दिन कतार आइपुगेका कलाकारद्वयले कतारमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा निमन्त्रणा गरेका छन् । कलाकारको स्वागतका लागि क्लब सञ्चालक रमेश केसी, कार्यक्रमका संयोजक रोशन अर्याल लगायतका अन्य व्यक्तिहरू एयरपोर्ट पुगेका थिए ।
कार्यक्रमको ढोका दिउँसो ४ बजेबाट खुल्ने र साँझ ८ बजेबाट सांगीतिक कार्यक्रम सुचारु हुनेछ । कार्यक्रममा प्रवेश शुल्क पुरुषका लागि कतारी रियाल ५० र महिलाका लागि निःशुल्क रहेको कार्यक्रम संयोजक अर्यालले मध्यान्ह दैनिकलाई जानकारी दिए ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाल तामाङ धेदुङ प्रवास कार्यसमिति कतारले "राई ईज किङ" अर्थात राजेश पायल राईसहित अन्य ३ जना कलाकारको सांगीतिक प्रस्तुति बीच सोनाम ल्होछार मनाउने भएको छ । बिहीबार राति आयोजित पत्रकार सम्मेलनमा राईका अलावा तामाङ सेलो गायिका रेश्मा बन्जन तामाङ, म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाईवा र गायक उमंग लामा कतार आउने जानकारी बिहीबार राति आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यही फेब्रुअरी १६ तारिकमा अल अरबी स्पोर्टस क्लबमा ल्होछार कार्यक्रममा आयोजना हुने भएको छ । कार्यक्रममा सरिक हुन चाहनेका लागी कतारका विभिन्न स्थानबाट यातायातको व्यवस्था गरिएको कार्यक्रम संयोजक एक्का प्रसाद तामाङले जानकारी दिए ।
कार्यक्रमको टिकट क्यु टिकट.कममा गएर अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाइएको सम्मेलनमा जानकारी दिइयो । बिहान ११ बजे गेट खुल्ने र ठिक १२ः३० बजेबाट शुरु हुने कार्यक्रममा महिलाका लागि ५०, पुरुषका लागि ७५, भीआईपी १०० र परिवारका लागि ५०० रियालको टिकट लाग्ने कार्यसमितिका अध्यक्ष विकास स्याङ्ताङ तामाङले बताए । आयोजकले चुस्त र व्यवस्थित कार्यक्रम गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
नेपालीहरूको राष्ट्रिय पर्व, तामाङ जातिको नयाँ वर्ष" मञ्जुश्री २८६० (डुक ल्हो/मु पुख्री वर्ष) अर्थात सोनाम ल्होछार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले मनाउने गर्दछन् l मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशु पन्छीको नामबाट गणना गरिएकाले यस समुदायलाई प्रकृति पूजक मानिन्छ ।
काठमाडौं : चर्चित लोकदोहोरी गायिका गीता भट्टराई इन्टरनेशनल म्युजिक अवार्डबाट सम्मानित भएकी छन् । गायिका भट्टराई जनवरी ४ मा मलेसियामा प्रियसी म्युजिकले आयोजना गरेको तेस्रो सिल्भर म्युजिक अवार्ड २०२४ मा सम्मानित भएकी हुन् ।
गायिका भट्टराईको ‘चोखो मायामा’ बोलको गीत शीर्ष ५ मा पर्न सफल भएपछि उनलाई प्रियसी म्युजिकले अवार्ड प्रदान गरेको हो । वरिष्ठ लोक गायक चन्द्र शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा गायिका भट्टराईसँगै अन्य कलाकारहरु पनि सम्मानित भएका थिए । गायिका भट्टराईले उक्त कार्यक्रममा आफ्नो प्रस्तुतिसमेत दिएर दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन् ।
साथै गायिका भट्टराई राष्ट्रिय लोक सांस्कृतिक संघद्वारा थाइल्याण्डमा आयोजित सांस्कृतिक सम्मान कार्यक्रम र राष्ट्रिय लोक सांस्कृतिक केन्द्रद्वारा सिंगापुरमा आयोजित श्रष्टा सम्मान तथा सांस्कृतिक साझ कार्यक्रममा सम्मानित भएकी छन् ।
गत जनवरी १ मा थाइल्याण्डको बैंककस्थित प्रिन्स होटलमा वरिष्ठ लोक गायक शर्माकै प्रमुख आतिथ्यतामा राष्ट्रिय लोक सांस्कृतिक संघद्वारा आयोजित सांस्कृतिक सम्मान २०८० मा गायिका भट्टराईलाई गीतसंगीतमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
यस्तै जनवरी २ मा सिंगापुरमा वरिष्ठ लोक गायक शर्माकै प्रमुख आतिथ्यतामा राष्ट्रिय लोक सांस्कृतिक केन्द्रले आयोजना गरेको श्रष्टा सम्मान तथा सांस्कृतिक साँझ २०८० मा पनि गायकिा भट्टराईलाई गीतसंगीतमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
गायिका भट्टराई यसअघि पनि विभिन्न अवार्डबाट सम्मानित भइसकेकी छिन् । गत पुसमा लामो समयदेखि नेपाली मौलिक गीत, संगीत, कला, साहित्य, पर्यटन र संस्कृतिको क्षेत्रमा आवद्ध भइ आफ्नो सिर्जना, कला र गलाको माध्यमबाट सांगीतिक क्षेत्रलाई बृहत्तर र समृद्ध बनाउन गरेको महत्वपूर्ण योगदानको कदर गर्दै गायिका भट्टराईलाई सांस्कृतिक समाज नेपालले सम्मान गरेको थियो ।
यस्तै उनले ‘जमुना र मोती’ बोलको गीतबाट ‘सहयात्रा तीज म्युजिक अवार्ड २०७५’मा सर्वोत्कृष्ट अवार्ड, ‘मेलोडी म्युजिक अवार्ड २०७७’मा सर्वोत्कृष्ट गायिका, ‘ए ठूले’ बोलको गीतबाट ‘हिमालयन इन्टरनेशनल नेपाली म्युजिक अवार्ड २०७८’मा सम्मान, ‘माया जालमा परें’ बोलको गीतबाट ‘स्टार इन्टरनेशल अवार्ड २०७८’मा उत्कृष्ट अवार्ड, ‘चन्द्रागिरि घुम्न जाँदा’ बोलको गीतबाट ‘तेस्रो एपिक म्युजिक अवार्ड २०७८’मा सम्मान पाएकी छिन् ।
गायिका भट्टराईले लोक दोहोरी, लोक पप, तीज, रक, आधुनिकलगायतका विभिन्न विधाका गीतमा आफ्नो सुमधुर स्वरको जादु देखाउँदै आएकी छिन् ।
दोहा, कतार : नेपालमा मेला महोत्सवमा व्यस्त रहेका दुर्गेश थापा कतार आइपुगेका छन् l आफ्नो गायन र नृत्यलाई सँगसँगै प्रस्तुत गरेर स्टेज तताउन सक्ने “पफर्मर”को छवि बनाएका दुर्गेशले फेब्रुअरी ९ तारिक शुक्रबार साँझ सांगीतिक प्रस्तुति दिँदै छन् l
कतारको सल्वा रोडको ठिक पछाडि रहेको आइभोरी होटेलमा अवस्थिति भ्यालभेट लन्ज एन्ड क्लबको आयोजनामा "भ्यालभेट नाइट"मा उनले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् l
आफ्नो सांगीतिक प्रस्तुति दिन कतार आइपुगेका दुर्गेशले कतारमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा निमन्त्रणा गरेका छन् । दुर्गेशको स्वागतका लागि क्लब सञ्चालक तथा कार्यक्रमका व्यवस्थापक उत्तम गुरुङ, कार्यक्रमका संयोजक तिलु शर्मा पौडेललगायतका सञ्चारकर्मी तथा अन्य व्यक्तिहरू एयरपोर्ट पुगेका थिए ।
कार्यक्रमको ढोका साँझ ५ बजेबाट खुल्ने र साँझ ६ बजेबाट सांगीतिक कार्यक्रम सुचारु हुनेछ । सांगीतिक व्यस्तताले शुक्रबार राति नै नेपाल फर्कने तालिका रहेको र १० बजेभित्र कार्यक्रम समापन गर्नुपर्ने भएको हुँदा कार्यक्रम निर्धारित समयमै शुरु हुने संयोजक पौडेलले मध्यान्ह दैनिकलाई जानकारी दिए l
कार्यक्रममा प्रवेश शुल्क पुरुषका लागि कतारी रियाल ५० कायम गरिएको छ भने महिलालाई शुल्क लाग्ने छैन l पुरुषको टिकट क्लबको काउन्टरमा बुझाएर एउटा "सोबिनियर ड्रिंकस" सित्तैमा लिन सकिने व्यवस्था क्लबले मिलाएको छ l
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : मानवीय जीवनमा मानिसहरूले फरक–फरक कर्म एकै जीवनमा गरेका हुन्छन् । मानिसले गर्ने हरेक कार्य सिद्ध नहुन सक्छन्, तर प्रयासलाई नछाड्ने हो भने मेहनतले एक दिन सफलताको शिखरमा पुर्याउँछ भन्ने उदाहरण हुन् गजमान र गोपी माया गुरुङका एक्ला छोरा प्रवीण गुरुङ ।
सन् १९७९ जुन ८ मा चितवनको राईगञ्जमा जन्मिएका उनी भूतपूर्व भारतीय लाहुरे हुन् । साढे सात वर्षसम्म ‘गोर्खा पल्टन’ भनेर चिनिएका भारतीय सेनाका यी जवान सन् २००४ मा कतार पुगे । कारण थियो– कतारस्थित अमेरिकी सैनिक क्याम्पको सुरक्षा गर्नु । उनले ६ वर्ष सुरक्षागार्डका रूपमा काम गरे । जुझारु र लाहुरे स्वभावले भरिएका गुरुङले कतारको जागिरबाट बचेको अर्थलाई व्यवसायमा लगाए । उनलाई व्यावसायिकरुपमा स्थापित भने दोहाको समसारा थकाली भान्छा घरले गराइदियो ।
व्यवसाय सोचेभन्दा राम्रो भएपछि गुरुङले जागिर छोडिदिए । बिस्तारै उनले रियल स्टेट, कन्स्ट्रक्सन, हस्पिटालीटी, कन्सल्टेन्सीलगायतका व्यवसाय सञ्चालन गर्दै गर्दा थाहै नपाइ उनी गीतसंगीततिर ढल्किए । आफूले गाउने नाच्ने नगरे पनि कला र कलाकारलाई रगतमा बोकेर हिँडेका गुरुङले नेपालदेखि कतारका विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजक, सहयोगी बन्दै ठूलो रकम लगानी गरेका छन् । सन् २०१७ मा नेपाल आइडल सिजन १ को ग्राण्ड फिनाले कतारमा सम्पन्न गर्न सकिन्छ भन्ने साहसिला युवा यीनै गुरुङ थिए । उनको परिकल्पना तथा लगानीमा उक्त ग्राण्ड फिनाले सम्पन्न भएको हो ।
उनको नशामा गीतसंगीतको रस यसरी बग्यो कि उनले आफू आवद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए)मा समेत कला र संगीतलाई बलियो स्थान दिँदै गए । सामाजिक संस्था र कार्यमा सक्रिय गुरुङले सन् २०१८ को डिसेम्बरमा पुनः दि भोइस अफ नेपालको पहिलो सिजनको ग्राण्ड फिनालेलाई कतारमा भित्र्याए । दुवै रियालिटी सोका ग्राण्ड फिनाले कतारमा सम्पन्न गर्ने यीनै गुरुङले कला र कलाकारका लागि ठूलो रकम लगानी गरेका छन् ।
उनले नेपालबाट बुगीउगी डान्स रियालिटी सोका टप चार र नेपाल आइडल सिजन दुई का टप चार प्रतियोगी कलाकार ल्याएर कतारमा सन् २०१९ मा नेपाल आइडल र बुगीउगी इद फेस्टिभल २०१९ पनि सम्पन्न गरेका थिए । एनआरएनए मध्यपूर्व संयोजक हुँदा नै उनले मध्यपूर्व क्षेत्रीय युवा विभागले आयोजना गरेको ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेन्ड जेनेरेसन–२०२१ का परिकल्पनाकार, आइडलका प्रमुख सल्लाहकार तथा अतिथि निर्णायक रही कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
फेब्रुअरी २, २०२४ मा ग्राण्ड फिनाले भएको गैरआवासीय नेपाली तारा–२०२३, कतार सिजन ४’मा उनी समुद्घाटन तथा ग्राण्ड फिनालेमा अतिथि निर्णायकका रूपमा रहेका थिए । गीतको सुर, ताल र लयलाई समेत बुझ्न सक्ने गुरुङले प्रतियोगीलाई दिने प्रतिक्रिया निकै चाख लाग्दा र मार्ग निर्देशक हुने गर्दथे । गुरुङले विश्वमा जहाँ पनि गीत संगीत तथा सामाजिक कामका लागि आफूलाई अग्र भागमा राख्ने गरेका छन् । कतारमा उनले मनोरञ्जन क्षेत्रमा योगदान गर्न भने आज पनि भुलेका छैनन् ।
डिजिटल प्लेटफर्मसँगै उदीयमान भएका नवोदित कलाकारका लागि उनले सन् २०२२ मा टिकटक अवार्डसमेत सम्मपन गरेका छन् । उनले गीतसंगीतसँगै व्यवसायलाई पनि सँगसँगै लगेका छन् । कतारको मुग्लिनामा रहेको भीआईपी होटलमा ‘भीआईपी स्टार एण्ड बार’समेत सञ्चालन गरिसकेका उनले एसियाना दोहोरी तथा गजल बार सञ्चालन गरेर करिब एक दर्जन कलाकारलाई प्रत्यक्ष रोजगारी दिएका छन् । उनलाई गीत संगीतको मेरुदण्ड मान्न सकिन्छ । जीवनमा थुप्रै पटक लडेर उठेका गुरुङ व्यवसायमा सफल हुनका लागि इमानदारी र मेहनतलाई नै प्रमुख कारण मान्छन् ।
मध्यान्ह दैनिकसँगको कुराकानीमा उनी आफू लडेर उठेको र लड्दा हात छोडेर जानेहरूलाई धन्यवाद मात्र नभइ आफ्नो अगाडि लड्ने सबैलाई आफूले हात दिने गरेको स्मरण गर्छन् । दुई सन्तानका पिता गुरुङले आफ्नी जीवनसंगीनी सरिता गुरुङकै कारण आफूलाई मेहनत गर्न उर्जा मिल्ने गरेको बताउँछन् । २०१५–१७ मा एनआरएनए कतारका उपाध्यक्ष, २०१७–१९ मा मध्यपूर्व उपसंयोजक, २०१९–२०२१ मा मध्यपूर्व संयोजक र २०२१–२०२३ मा सचिवका हैसियतमा कार्य सम्पादन गरेका गुरुङ वर्तमान कार्यसमितिका उपमहासचिव हुन् ।
एनआरएनए अभियानमा लागिरहँदा महाभूकम्प, हावाहुरी, बाढी पहिरो, कोभिड–१९ लगायत दैवी विपत्तीको समयमा स्वयम् उपस्थित भइ गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी बासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत विभिन्न राहत सामग्री वितरणमा जुटेका थिए । उनले नेपालको बारा र पर्सा जिल्लामा हावाहुरीले तहशनहश पार्दा घरबारविहीन बनेका करिब पाँच सय घरपरिवारलाई राहत वितरण र उद्धारसमेत गरेका थिए ।
हालै जाजरकोट र रुकुममा गएको भूकम्पमा पनि उनी आफैं पुगेर करिब चार सयभन्दा बढी घरधुरीलाई राहत वितरण गरे भने अस्थायी टहरा निर्माण गरेर फर्किए । कोरानाले विश्व आतंकित बनेका बेला मध्यपूर्वमा रहेका केही महिला तथा बालबालिकाहरूलाई चार्टर्ड फ्लाइटबाट स्वदेश फिर्तीका लागी गुरुङले संयोजन गरेका थिए भने कोरोनाकालमै मध्यपूर्वबाट अक्सिजन सिलिन्डर नेपाल पठाउन उनको आर्थिकलगायत महत्वपूर्ण साथ र योगदान रहेको छ ।
उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो खेलको प्रतिनिधित्व गर्दै एनआरएनएको झण्डा फहराउँदै विभिन्न पदक आफ्नो संगठनको नाममा दर्तासमेत गरेका छन् । कुराकानीको अन्त्यमा गुरुङले नेपाली कला, संस्कार, संस्कृतिको अन्तर्राष्ट्रियकरण, बजार व्यवस्थापनका लागि आफू अझै पनि लगानी बढाउन तयार रहेको बताए । उनले विश्वभर रहने नेपालीले आयोजना गर्ने मनोरञ्जनका कार्यक्रम होस् या पीडामा परेका नेपाली, आफ्नो जानकारीमा रहेसम्म सक्दो हर किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कतारमा रहेर सामाजिक कार्य र व्यवसाय गर्दै आएका गुरुङ सन् २०२२ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न चौथो सन्देश इन्टरनेशनल सोसल अवार्ड कार्यक्रममा सम्मानित भएका थिए । क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले उक्त विधामा विगत २ दशकदेखि सामाजिक तथा परोपकारी क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उनलाई उक्त सम्मान गरेको हो । त्यस्तै गुरुङ चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सव यूएईको कार्यक्रममा समेत उनी सम्मानित भइसकेका छन् । कार्यक्रममा एनआरएनएका गुरुङसहित एनआरएनए मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ, एनआरएनए यूएईका अध्यक्ष ठाकुर ढुंगाना ‘सोसियल अवार्ड २०२३’बाट सम्मानित भएका थिए ।
फेडेरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनरसिप (फिन्या)ले यल्लो प्यागोडा होटलमा आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा पनि गुरुङलाई ‘फिन्या बेस्ट सोसियल इन्टरप्रेनरसिप अवार्ड २०२३’बाट सम्मानित गरिएको थियो । गुरुङलाई गैरआवासीय नेपालीको हक हितमा उत्कृष्ट कार्य गरेको र देश विकासका लागि ठूलो योगदान गरेकोमा सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री एनपी साउद र फिन्याका अध्यक्ष स्वतन्त्र प्रताप शाहले गुरुङलाई सम्मान गरेका हुन् । कतारमा सम्पन्न ‘स्टार इन्टरनेशनल अवार्ड २०१९’मार्फत ‘बिजनेस अवार्ड २०१९’बाट गुरुङ सम्मानित भएका थिए । थुप्रै सामाजिक, वैचारिक तथा जातीय संस्थाबाट सम्मानित गुरुङ गैरआवासीय नेपाली तारा–२०२३, कतार सिजन ४ मा समेत सम्मानित भएका थिए ।
काठमाडौं : सत्यराज चौलागाईं निर्देशित फिल्म ‘बिच्छेद’ले सर्वोत्कृष्ट छायाँकारबाट सङ्कल भुजेल तथा सर्वोत्कृष्ट लेखक/स्कृप्टबाट सत्यराज चौलागाईं र मुकुन भुसालले सोमबार चितवनको सौराहामा सम्पन्न ‘दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’मा पुरस्कार जितेको छ ।
मुकुन भुसाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्ममा हिउँवाला गौतम, लय संग्रौला, प्रिया रिजाल, सुष्मा निरौला, जीवन थापा, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जयराम सापकोटालगायतको अभिनय छ ।
सामाजिक विषयमा बनेको फिल्म ‘बिच्छेद’को निर्मातामा राज कुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य छन् भने सह–निर्मातामा सन्तोस गिरी र प्रविन राजथला छन् । नविन पुरीले प्रोडक्शन डिजाइन गरेको फिल्म मा भुपेन्द्र अधिकारीको सम्पादन, समीर मियाको भिएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर तथा रेनिश फागोको कलर ग्रेडिङ छ । फिल्मको प्रदर्शन मिति फाइनल हुन बाँकी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies