२०८२ वैशाख ३० गते मङ्गलवार / May 13 , 2025 , Tuesday
२०८२ वैशाख ३० गते मङ्गलवार
Ads

निशा केसीको ‘औलैमा जुनेली बुट्टा’ सार्वजनिक

तिलु शर्मा पौडेल
२०८२ वैशाख २९ गते २०:२८
निशा केसीको ‘औलैमा जुनेली बुट्टा’ सार्वजनिक

दोहा, कतार : वैदेशिक रोजगारीका लागि अस्ट्रेलियामा रहेकी म्यादेली लोक तथा दोहोरी गायिका निशा केसीले ‘औलैमा जुनेली बुट्टा’ बोलको नयाँ गीत बजारमा ल्याएकी छन् । विशेषगरी गण्डक क्षेत्रमा प्रचलित मगर समुदायको लबजलाई टपक्क टिपेर रत्यौली भाकामा ढाल्दै केसीले नै सिर्जना गरेको लयमा सर्जक तथा गायक शिव हमालले प्रेमिल कथामा सब्दजाल बुनेका छन् ।

नोकझोकसहितको प्रेम गीतमा केसीसँगै चर्चित गायक खेम सेन्चुरीको स्वर रहेको छ ।  विश्वास नेपालले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा नायक तथा मोडल पुष्पबहादुर खड्का र नारायणी खत्रीको आकर्षक नृत्य देख्न सकिन्छ ।

मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् भने भिडियो गायिका केसीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । सामाजिक सञ्जाल टिकटकमा गीतलाई निकै रुचाइएको छ । केही वर्षदेखि निरन्तर नयाँ गीत सार्वजनिक गर्दै आएकी गायिका केसीले ‘औलैमा जुनेली बुट्टा’लाई पनि दर्शकले थप रुचाउने विश्वास व्यक्त गरिन् ।
 


ADV

सम्बन्धित खबर