२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

सांगीतिक प्रस्तुति दिन कतार आएका ३ कलाकार एकैदिन ३ संस्थाबाट सम्मानित

Nada
तिलु शर्मा पौडेल
२०८२ जेठ ४ गते २०:५०
Shares
सांगीतिक प्रस्तुति दिन कतार आएका ३ कलाकार एकैदिन ३ संस्थाबाट सम्मानित

दोहा, कतार : स्याङ्जा सहयोग समाज कतारले शुक्रबार सम्पन्न गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिन आएका कलाकारहरू एकैदिन ३ संस्थाबाट सम्मानित भएका छन् । सम्मानित हुने कलाकारहरूमा बहुचर्चित लोकदोहोरी सर्जक तथा गायक पशुपति शर्मा, लोकदोहोरी गायिका शर्मिला गुरुङ र रामचन्द्र ढकाल रहेका छन् ।

ncell

आयोजक संस्था स्याङ्जा सहयोग समाज कतारले शनिबार साँझ फूलबारी रेस्टुरेन्टमा भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गर्दै नेपालबाट आमन्त्रित ३ जना कलाकारलाई दोसल्ला ओढाएर सम्झौता बमोजिम नगद पारिश्रमिक सहित सम्मान गरेको थियो । शुक्रबार सम्पन्न कार्यक्रममा सांगीतिक प्रस्तुति दिने अन्य कलाकारहरूलाई पनि नगद सहित सम्मान गरेको थियो भने कार्यक्रम सफल बनाउन प्रायोजन गर्ने, सह-प्रायोजक, सहयोगी सामाजिक तथा सांगीतिक संस्था, समाज मातहतका सम्पूर्ण इकाई तथा सहयोगी व्यक्ति, स्वयंसेवक खेलाडी सहित पत्रकारहरूलाई पनि सम्मान गरेको थियो ।

शनिबार साँझ सोही हलमा नेपालबाट आमन्त्रित तिनै जना कलाकारहरूलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाले पनि सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो । त्यस्तै साँझ नै नज्मामा रहेको रोयल नेपाली रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गर्दै तमू (गुरुङ) समाज, कतारले तिन जना कलाकारलाई संस्थागत सम्मान गरेको थियो। स्याङ्जा जिल्लामा रहेका "अनाथ तथा असहाय बालबालिकाहरूको सहयोगार्थ" समाजले आफ्नो २१औं स्थापना दिवस तथा २०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिएर ३ जना कलाकार आइतबार बिहान नेपाल फर्किसकेका छन् । 

सम्बन्धित खबर