२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

महाधिवेशन एसको, स्वार्थ कांग्रेस र एमालेको 

ADV
भावना पाठक
२०८१ असार ९ गते ०७:०५
महाधिवेशन एसको, स्वार्थ कांग्रेस र एमालेको 

काठमाडौं : एकीकृत समाजवादी दशौँ राष्ट्रिय महाधिवेशन केन्द्रित गतिविधिमा छ । महाधिवेशनका लागि देशभरबाट एक हजार आठ प्रतिनिधि छनोट भएका छन् । यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका हुन् । 

नेताहरुका अनुसार नेतृत्वमा त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चितप्राय छ । यसको सुनिश्चितता प्रतिनिधि छनोटले पनि गरेको नेताहरुको दाबी छ । प्यानल नै बनाएर चुनाव लड्न नपाउने भनिएता पनि माधव कुमार नेपाल, झलनाथ खनाल र घनश्याम भुसाल नेतृत्वको लागि तीव्र प्रयासमा छन् । 

केही ठाउँमा प्रतिनिधि छनोटमा विवाद हुनुले पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने विषय देखाएको नेताहरु बताउँछन् ।महाधिवेशनका लागि एक हजार आठ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ । केही ठाउँमा निर्वाचन प्रक्रियाबाट समेत प्रतिनिधि छनोट गरिएको छ ।

महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब चार सय ५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन् । यसअघि केन्द्रीय नेता पनि चुनियर आउनपर्ने निर्णय गरिएकामा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको छ । यसो गर्नुको कारण शीर्ष नेताहरुको नेतृत्वको आकांक्षा जोडिएको नेताहरु बताउँछन् । 

छनोट गरिएका प्रतिनिधिको कूल संख्याको पाँच प्रतिशत अर्थात ९५ जना मनोनयन गर्ने व्यवस्था पनि छ । केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने पार्टी कार्यालयले जनाएको छ । अर्थात, यसले समेत हाल संस्थापन पक्षमा रहेका वा पार्टी नेतृत्व गरिरहेका माधव कुमार नेपाललाई सहयोग पुर्‍याउने नेताहरुको दाबी छ ।

तत्कालीन नेकपा एमालेसँग अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो । यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले दशौँ महाधिवेशन गर्न लागिएको हो । 

पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । संघीय संसदमा १० र राष्ट्रियसभामा आठ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ ।

सानो संख्या भएता पनि संसदीय अंकगणितमा एकीकृत समाजवादीको उपस्थिति अर्थपूर्ण भएकाले ठूला दलहरु समेत यो पार्टीको नेतृत्वमा आफू अनुकूल नेतृत्व होस् भन्ने चाहन्छन् । प्रदेश सभामा एकीकृत समाजवादीको रहेको संख्या वर्तमान सत्ता गठबन्धनका लागि आवश्यक छ । एकीकृत समाजवादीको हालको संख्या कांग्रेससँग हुँदा पनि कांग्रेसका लागि प्रदेश सभामा थप सहज हुन्छ । यसकारण कांग्रेस र एमाले एकीकृत समाजवादीमा आफू अनुकूल नेतृत्व आओस् भन्ने चाहन्छ ।

माधव कुमार नेपाल नेतृत्वमा दोहोरिए सहज हुने नेपाली कांग्रेसको बुझाई छ । यसकारण कांग्रेस माधव नेपाल नै नेतृत्वमा दोहोरिए प्रधानमन्त्री बन्न सक्ने आश एकीकृत समाजवादीका नेता-कार्यकर्ताकहाँ पु¥याइरहेको छ । ताकी प्रधानमन्त्री पाउने आशमा एकीकृत समाजवादीमा माधव नेपाल नेतृत्वमा दोहोरिउन् ।

एकीकृत समाजवादीमा एमाले भन्दा अलग हुन नसकेको बुझाई राख्नेहरु पनि छन् । समय मिलाएर एमालेसँग एक भएर जानुपर्ने मत राख्नेहरु पनि छन् । यस्तो मत राख्नेहरुलाई एमाले नेताहरुको अभिव्यक्तिले ढाढस दिने गरेको छ । एकीकृत समाजवादीसँग एकता गर्ने र एकीकृत समाजवादीका नेताहरुलाई सम्मानजनक उपस्थिति पार्टीमा गराएर एमाले सबैभन्दा ठूलो पार्टी बन्ने सोचमा छ । 

संसदको सबैभन्दा ठूलो दल बन्नका लागि एमाले एकीकृत समाजवादीसँग एकता गर्न चाहन्छ र ठूलो बन्ने ध्याउन्नमा एमाले नेतृत्वले एकीकृत समाजवादीलाई सम्मानजनक उपस्थिति पार्टीमा गराउँछ भन्ने सन्देश दिइरहेका छन् । ताकी, झलनाथ खनाल जस्तो एमालेसँग एकता गर्नुपर्छ नेतृत्व एकीकृत समाजवादीमा स्थापित होस् । 

झलनाथ खनाल एकीकृत समाजवादीको नेतृत्वमा आए उनलाई संसदमा ल्याउन भूमिका खेल्ने आश्वासन पनि एमाले नेताहरुले एकीकृत समाजवादीका नेता-कार्यकर्ताकहाँ पु¥याएका छन् । यसका लागि कुनै प्रतिनिधि सभा सदस्यलाई फिर्ता बोलाउने वा राष्ट्रिय सभा सदस्यको निर्वाचन लगायतका विकल्प दिइएका छन् । ताकी, एमालेसँग एकता गरेर अगाडि बड्न चाहने नेताहरुले झलनाथ खनाललाई नेकपा एसको नेतृत्वमा स्थापित गराउन सकियोस् ।

तर यसमा एमालेको सत्ता राजनीतिक छ । केहीगरी माधव नेपाल दोहोरिए उनी सँधै कांग्रेसका लागि सहयोगी हुने एमाले नेतृत्वको बुझाई छ । एमाले नेतृत्व पनि माधव नेपालसँग सहकार्य गर्न नसकिनेमा प्रष्ट रहेको नेताहरु बताउँछन् ।

यो दुवै खेमामा नरहेका र खासगरी युवा पुस्ता घनश्याम भुसाललाई नेतृत्वमा अगाडि सार्न खोज्दैछन् । माधव नेपालले पार्टीमा पकट जमाएकाले हाफू हार्ने जस्तो देखे उनले भुसाललाई सहयोग गर्ने पनि कितपय नेताहरुको विश्वास छ । भुसाल पनि बृहत बामपन्थी एकताको पक्षमा छन् । उनी एमाले सहितको ध्रुविकरणको पक्षमा वकालत गरिरहेका नेता हुन् । यसकारण माधव नेपाल नभएर झलनाथ खनाल आउँदा राम्रो र झलनाथ खनाल आउन नसक्ने अवस्थामा भुसाल नेतृत्वमा आउनु उचित भन्ने बुझाईमा छ । 

ADVADV

सम्बन्धित खबर

Advertise