२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

मंसिरमा नियमित महाधिवेशन गर्नुपर्छ : नेता डा. कोइराला

shivam cement
मध्यान्ह
२०८२ असोज ३० गते १८:४०
मंसिरमा नियमित महाधिवेशन गर्नुपर्छ : नेता डा. कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उनले कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर अघि बढ्नुपर्ने उल्लेख गरे ।

नेता डा कोइरालाले भने, “सात दशकको प्रयत्नपछि निर्माण भएको वर्तमान संविधान यतिखेर अर्धमूर्छित अवस्थामा छ । यो संविधानको रक्षार्थ हामी कहाँ उभिन्छौँ, भावी राजनीतिक दिशा त्यसैले तय गर्नेछ ।”

राजनीतिक दल, जेनजी पुस्तालगायत सबैले वर्तमान सरकारलाई निर्वाचनको म्यान्डेट दिएको उनको भनाइ थियो । उनले निर्वाचनको वातावरण बनाउन गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारहरु सरकारको नियन्त्रणमा आउनुपर्ने बताए । नेता डा कोइरालाले त्यसक्रममा जेलवाट भागेका अपराधीहरुलाई पुनः सरकारले युद्धस्तरमा खोजेर नियन्त्रणमा लिई कानुनको कठघरामा ल्याउन ढिलो गर्नु नहुने बताए ।

‘कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी’ बनाउन आगामी मंसिर महिनामा पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने उल्लेख गर्दै उनले नियमित महाधिवेशनबाट मात्र सबैको सम्बोधन र नेतृत्वमा समेत ताजापन सम्भव हुने उनको भनाइ थियो ।

एकताबद्ध कांग्रेस, बलियो कांग्रेस र समयसापेक्ष परिवर्तन कांग्रेस आजको आवश्यकता भएको बताउँदै नेता डा कोइरालाले २०७९ सालमा कांग्रेस र अन्य दलहरुसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारण कारबाहीको सिफारिसमा परेको सबैका कारबाही फिर्ता गर्न माग गरे ।

ADV

सम्बन्धित खबर

Advertise