२०८२ असोज ३१ गते शुक्रवार / Oct 17 , 2025 , Friday
२०८२ असोज ३१ गते शुक्रवार
Ads

११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय

shivam cement
मध्यान्ह
२०८२ असोज ३१ गते १९:१८
११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले पार्टीको ११औं महाधिवेशन अगामी मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ । 

शुक्रबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए । उनकाअनुसार बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहित प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन समेत सुझावसहित पारित गरिएको छ ।

उनले जेनजी पुस्ताले अघि सारेका मागहरु पूरा गर्न प्रतिनिधि सभा पुनर्स्थापनको मुद्दालाई अघि बढाउने निर्णय गरिएको पनि बताए । उनले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेका कारण पनि एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा उभिएको जिकिर गरे ।

सरकारले मुठभेडको वातावरण बनाइरहेको, नेताहरूको चरित्र हत्या गरेको, सन्देहस्पाद पात्रहरू दलका नेतालाई भौतिक हमला गर्न खोजिरहेको र चुनावी परिणाम पनि नस्वीकार्ने चेतावनी दिइरहेको अवस्थामा निर्वाधपूर्वक मतदान हुन नसक्ने गौतमको जिकिर छ ।

एमालेले निर्वाचन पनि नहुने र प्रतिनिधि सभा पनि पुनर्स्थापना हुन नसक्ने अवस्थामा देश भयंकर राजनीतिक अस्थिरता र अराजकतातिर जाने जोखिम रहेको पनि निष्कर्ष निकालेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise