२०८१ फागुन १३ गते मङ्गलवार / Feb 25 , 2025 , Tuesday
२०८१ फागुन १३ गते मङ्गलवार
Ads

नेकपा एसले सार्वजनिक गर्यो बैठकका निर्णयहरु

hardik ivf
मध्यान्ह
२०८१ फागुन १२ गते १६:४८
नेकपा एसले सार्वजनिक गर्यो बैठकका निर्णयहरु

काठमाडौंः नेकपा (एकीकृत समाजवादी) ले पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक गरिएको छ। 

गत शुक्रबार र शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भूसालले समसामयिक प्रस्तावहरू वाचन गरेका थिए।  

फागुन ९ र १० गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकमा केन्द्रीय कमिटीका २९८ सदस्य उपस्थित बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियमहरु, विभिन्न निर्देशिकाहरू, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तात्कालिक कार्य योजना र पार्टीका तात्कालिक सङ्गठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल भएको थियो। 

बैठकले वर्तमान सरकार नालायक र दमनकारी बन्दै जाने र सडकले सही बाटो नभेटाएर अराजक र पपुलिष्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै पार्टी जनतामाझ जाने निर्णय गरेको छ। 

यस्ता छन् निर्णयहरुः

१. वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र हाम्रा कार्यभारसम्बन्धी राजनीतिक प्रतिवेदन विभिन्न सुझावसहित पारित गरेको छ ।

२. सरकार नालायक र दमनकारी बन्दै जाने र सडकले सही बाटो नभेटाएर अराजक र पपुलिष्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरुलाई उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डोर्‍याउने आन्दोलनको कार्ययोजनाका रुपमा पार्टीको आगामी कार्ययोजना प्रस्ताव पारित गरेको छ ।

३. पार्टीको नियमावली, विनियमहरु, विभिन्न निर्देशिका र महाधिवेशनको सामान्य समीक्षा सुझावसहित पारित गरेको छ ।

४. प्राप्त सुझावहरुलाई समेटी तात्कालिक कार्ययोजना र अन्य दस्तावेजहरु सम्पादन गर्न र केन्द्रीय कमिटी बैठकमा उठेका सङ्गठनलगायत विषयहरुमा निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ ।

५. विभिन्न समसामयिक विषयमा पार्टीको धारणाका रुपमा २० बुँदे प्रस्ताव पारित गरेको छ । 

बैठकबाट पारित समसामयिक प्रस्तावहरुः

१.सरकारले संसदलाई छलेर विभिन्न अध्यादेशहरू जारी गरेको छ । संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई अध्यादेश ल्याउन संविधान, ऐन कानुन संसद् नियमावली र स्थापित अभ्यासको समेत उल्लङ्घन हो । भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने प्रावधान राखेर ल्याइएको अध्यादेशको अन्तरवस्तुमा पनि सहमत हुन सकिन्न । केन्द्रीय कमिटीको यो बैठक ती अध्यादेशहरूलाई प्रक्रिया र अन्तरवस्तु दुबै हिसाबले विरोध गर्दछ र ती अध्यादेशहरू निर्णयार्थ पेस भएमा हाम्रो पार्टीले विरोधमा मतदान गर्ने कुरा स्पष्ट पार्दछ ।

२.भारतको ओडिसा राज्यको कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र भारतमा नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूतिका लागि आवश्यक पहल गर्न हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

३.मुलुकमा भ्रष्टचार मौलाएको छ र भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएका छन् । सहकारी ठगी, मिटर व्याजी, अनलाईन ठगिले गर्दा गरीब जनताको जीवन कष्टकर हुँदै गएको छ । लाखौं जनताले सहकारीमा राखेको बचत डुबेको छ । त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिइ अविलम्ब कडा भन्दा कडा कारवाही गर्न र सम्बंधित पक्षको पैसा फिर्ता गराउन सरकारसँग यो बैठक जोडदार माग गर्दछ ।

४.मुलुकमा कृषिको संरक्षण र उद्योगको विकास नभएकाले रोजगारीको उपयुक्त अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको छ । यसले राष्ट्रिय उत्पादन र अर्थ तन्त्रको विकासमा नकरात्मक प्रभाव परेको छ । समग्र अर्थतन्त्रको पुनर्गठन नगर्दासम्म टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन नसक्ने तथ्यमा जोड दिदै यो बैठक राष्ट्रिय अर्थतन्त्रलाई दिगो रोजगारी मुखी बनाउने दिशामा कदम चाल्न सरकारसँग माग गर्दछ ।

५.ताप्लेजुङको मुकम्लुङमा केवलकार बनाउने विषयलाई लिएर भइरहेको आन्दोलनमाथि सरकारले दमन गरेको छ । जनसरोकारका मुद्दालाई वार्ता तथा सममतिबाट समाधान गर्नुको सट्टा आन्दोलनकारी माथि दमन गर्ने सरकारी नीतिले समाधान दिदैन भन्ने कुरामा जोड दिँदै वार्ता र सम्वादको माध्यमबाट समाधान गर्न यो बैठक नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

६.दूध र उखको बक्यौता लामो समयसम्म पनि किसानहरूलाई उपलब्ध नगराइएकोले किसानहरू आफनो पेशाबाटै पलाएन हुन थालेका समाचारहरू आउन थालेका छन् । यो अवस्था जो कसैका लागि लज्जाको विषय हो । यस्तो विषयमा सरकार बेखवर रहनु दुखद् कुरा हो । सबै किसानको दूध र उखको भुक्तानी तत्कालै गर्न यो बैठक सरकारसँग माग गर्दछ ।

७.जाजरकोट लगायत पश्चिम नेपालमा गएको भुकम्पको दुई वर्षसम्म पनि पुनर्निर्माणको काम सुरु नभएको अवस्थाप्रति गहिरो चासो व्यक्त गर्दै यो बैठक भूकम्प पीडित जनताको आवज सुन्न र यथाशिघ्र पुनर्निर्माणको काम अगाडि बढाउन सरकारसंग जोडदार माग गर्दछ ।

८.यो बैठक गत असोज १०–१२ को भारि वर्षाले देशैभर पत्याएको क्षतिको अविलम्ब पुननिर्माण गरी बीपी राजमार्ग लगायतका यातायात अविलम्ब पुन सुचारु गर्न सरकारसंग जोडदार माग गर्दछ । 

९. संसदमा दवाफार छलफलमा रहेका विद्यालय शिक्षा विधेयक र निजामति सेवा सम्बन्धी विधेयकका बारेमा सम्बन्धित सबै सरोकारवालाहरू र विज्ञहरूसंगसमेत व्यापक छलफल गरी यथाशिघ्र उपयुक्त निश्कर्षमा पुग्न र ऐन निर्माणको प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित पक्षहरूलाई यो बैठक आह्वान गर्दछ ।

१०.कंचनपुर जिल्ला लगायत देशका विभिन्न स्थानमा भारतीय पक्षबाट भएका सीमा हस्तक्षेप, अतिक्रमण र सीमाना नदीका धार परिवर्तन गर्ने जस्ता कार्यप्रति गहिरो चासो व्यक्त गर्दै र सख्त विरोध गर्दै यो बैठक यस्ता समस्याको समाधान गर्न सरकारले शिघ्रातिशिघ्र कुटनीतिक पहलकदमी लियोस भन्ने माग गर्दछ ।

११.नेपाली समाजमा अझै पनि जातीय छुवाछुत र भेदभाव विद्यमान रहेको छ । हालै सर्लाही जिल्लाको बरहवाका सत्येन्द्र राम र नेहा रौनियारबीचको अन्तरजातीय विवाहलाई सर्वोच्च अदालतले समेत मान्यता दिइसकेको अवस्थामा नेपाल सरकारका गृहमन्त्री र प्रहरी उच्च अधिकारी जातीय भेदभावको पक्षमा उभिएको देखिनु खेदपूर्ण छ । त्यसैगरी अछाम जिल्लाको सरस्वती पुजामा भएको विभेद, बैतडी जिल्लाको सिरुगामा मृत्यु भएको दलितको लाश नउठाएको घटना, रौतहट जिल्लामा राजेश पासवानमाथि छठपर्वको विषयलाई लिएर झुट्टा मुद्धामा फसाउने कार्य र देशभरि घटेका अन्य जातीय छुवाछुत र दुर्व्यवहारका घटनाको यो बैठक विरोध गर्दछ ।

१२. गत वर्षदेखि प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलले चलाएको नरसंहारले विश्व जनमतलाई विचलित बनाएको छ । यो बैठक विश्व जनमत तथा संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार स्वतन्त्र प्यालेस्टाइनको पक्षमा अभिमत दोहोर्‍याउँदै त्यहाँका जनतामाथि गरिएको बर्बरतापूर्ण आक्रमणको विरुद्ध तथा स्वतन्त्र प्यालेस्टीनी राज्यको पक्षमा संसारभरी उठेको आवाजमा ऐक्यवद्धता जनाउँछ र गत वर्षदेखि बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको यथाशिघ्र रिहाईका लागि माग गर्दछ । 

१३. नेपालीहरूले विदेशमा रहदा राहदानीको म्याद समाप्त भएपछि सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासबाट राहदानी लिने प्रक्रियामा धेरै सकस भोग्न परेको छ । राहदानीको अभावका नाममा नेपालीहरूले, खासगरी कामदार नेपालीहरूले जे जस्तो सास्ती र झन्झट बेहोर्नु परेको छ । यस समस्याको तत्काल समाधान गर्दै सम्बन्धित दूतावासबाट तुरुन्त राहदानी प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन यो बैठक सरकारसंग जोडदार माग गर्दछ ।

१४. विदेशबाट नेपालमा विप्रेषण (रेमिट्यान्स) पठाउदा नेपाली बैंकहरूले चर्को शुल्क लिने हुँदा रेमिट्यान्स अवैध बाटोमा लागेको र नेपालीहरूले कठिन श्रम गरी आम्दानी गरेको रकम उनीहरूले नै प्रयोग गर्न नपाई बैंकहरूलाई मात्र फाइदा पुगेको हुँदा यो बैठक रेमिट्यान्सको शुल्क घटाउने व्यवस्था गर्न र वैधानिक माध्यमबाट नेपालमा पैसा पठाउनेहरूलाई प्रोत्साहन गर्ने सुविधाहरू प्रदान गर्न सरकारसँग जोडदार माग गर्दछ ।

१५. नेपाली जनताले आफुमा निहित सार्वभौमसत्ता तथा स्वशासनको अभ्यास गर्ने सन्दर्भमा दशकौँ लामी सङ्घर्ष र ठूलो बलिदानबाट स्थापना गरेको लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्दै समाजवादी भविष्य निर्माणमा योगदान गर्नु हामी सबै नेपालीको आजको अभिभारा हो। यस राष्ट्रिय समुन्नत अभिभाराको प्रतिकुल हुने कुनै पनि अभिव्यक्ति तथा प्रयत्न नेपाली जनतालाई सत्य छैन । यो बैठक कुनै पनि प्रतिगामी तथा पुनरुत्थानवादी षडयन्त्रलाई असफल पार्न नेपाली जनता सक्षम छन् भन्ने तथ्यलाई दोहोयाउन चाहान्छ ।

१६. यसैविच हाम्रो पार्टीका पोलिटव्यूरो सदस्य के विदर सापकोटा, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य कमरेडहरू रामजी शर्मा र तेजा चौधरीको दुःखद निधन भएको छ । यो बैठक कमरेड विदुर सापकोटा, रामजी शर्मा र तेजा चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उनका शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
 

ADV

सम्बन्धित खबर

Advertise