२०८२ भदौ २६ गते बिहिवार / Sep 11 , 2025 , Thursday
२०८२ भदौ २६ गते बिहिवार
Ads

सच्चिने बाचा गर्दै पूराना दलका दोस्रो पुस्ताका नेताहरू

shivam cement
२०८२ भदौ २६ गते ०६:३५
सच्चिने बाचा गर्दै पूराना दलका दोस्रो पुस्ताका नेताहरू

काठमाडौं : प्रधानमन्त्रीबाट पदच्युत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीमाथि पार्टीको नेतृत्व छाड्ने दबाब परेको छ । ओली नेतृत्वको सरकारमा प्रमुख सत्ताघटकको रुपमा रहेका नेपाली कांग्रेसका सभापति शेबहादु देउवालाई पनि कांग्रेस नेताहरूबाट नेतृत्व छाड्ने दबाब परेको छ । 

नेकपा एमालेका सचिव योगेश भट्टराईले नयाँ ढंगले पार्टी अगाडि बढ्नुपर्ने बताउँछन् । सामाजिक सञ्जालमा १० बुँदे धारणा राख्दै उनले अध्यक्षबाट ओली पछाडि हट्नुपर्ने सन्देश दिएका छन् । उनले लेखेका छन्, ‘पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौं । यो काम होसियारी पुर्वक गरौं । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।’ 

विकसित घटनाक्रमलाई राम्रोसित विश्लेषण गरेर राजनीतिक नेतृत्वले कमजोरी स्वीकार गरेर नेतृत्व परिवर्तनका लागि राजनीतिक नेतृत्वले सहयोग गर्नुपर्ने उनको प्रस्ताव छ । एमालेका बिभिन्न तहका कमिटीबाट पार्टी परित्याग गर्नेक्रम समेत चलिरहेका बेला सचिव भट्टराईले यस्तो बताएका हुन । 

‘पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौं’ उनले अगाडि भनेका छन्, ‘पार्टीका आन्तरिका प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाऔं ।’

नेतृत्वको विषयमा जनतामा जाने उनको प्रस्ताव छ । जनतामा जाने र जनताले जे भन्छन् सुनेर त्यसअनुसार निर्णय गर्नुपर्ने उनको आग्रह छ । 

लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन जनताको बहुदलीय जनवाद (जबज)को आत्मा भएको उल्लेख गर्दै उनले यसबाट दाँया/बाँया नजानेगरी पार्टी पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्ने भट्टराईको प्रस्ताव छ । 

उनले अगाडि लेखेका छन्, ‘खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नुछ । नेपालको हित चिताउने सबैसंगको समन्वयबाट यो काम सम्पन्न गर्ने अठोट गरौ ।’

हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबिचको एकतालाई बलियो बनाएर देशभित्रको आन्तरिक सहमति अनि संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनुपर्ने उनको आग्रह छ ।  विश्व समुदायले नेपालीहरूको लोकतान्त्रिक प्रयत्नलाई सहयोग गर्नुपर्ने भनेर उनले यही आधारमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्न आवश्यक रहेको बताएका छन् । 

जेनजी समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गर्न अग्रसर हुने र नेपाल र नेपालीत्व जोगाउने गरी पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्ने उनको आग्रह रहेको छ । 

नेकपा एमालेका महासचिव शंकर पोखरेल र सचिव प्रदीप ज्ञवालीले समेत पार्टीमा नयाँ ढंगको निर्णय आवश्यक रहेको भनेर सच्चिएर अगाडि बढ्ने संकल्प गर्नुपर्ने संकेत गरेका छन् । 

नेपाली कांग्रेसभित्र समेत नेतृत्वको विषयमा नयाँ ढंगले अगाडि बढ्नुपर्ने र यसका निम्ति सच्चिएर अगाडि बढ्नुपर्ने संकल्पको खोजी भएको छ । कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले अपिल ने जारी गरेर सकेसम्म संविधान र वैधानिक बाटोबाटै वर्तमान परिस्थितिको निकास निकाल्नुपर्ने बताएका छन् । 

महामन्त्री द्धयले अपिलमा भनेका छन्, ‘विश्वास दिलाउन चाहन्छौं– गम्भीर आत्मसमीक्षा एवं आत्मशोधन गर्दै नवीन र चुनौतीपूर्ण परिस्थितिकै बीचबाट हामी फेरी नयाँ ढंगबाट अगाडि बढ्नेछौं र समुन्नतिको यात्रालाई सम्हाल्ने छौं ।’ 

जेनजी पुस्ताको भावना बमोजिम राष्ट्रिय राजनीतिबारे ठोस निष्कर्ष निकाल्नुपर्नेमा जोड दिँदै  अगाडि भनिएको छ, ‘आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ ।’ 

भन्ने कुराको स्मरण गराउन चाहान्छौं । विधि विहीनताले थप अराजकता निम्त्याउँछ त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यू र जेनजी पक्षलाई हामी आग्रह गर्छौं– अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ ।’

गत सोमबार भएको मानवीय क्षतिले दिएको चोटमाथि मंगलबारका घटनाहरुले थप पीडा थप्न पुगेको भएता पनि जेनजीको मागअनुसार अगाडि अगाडि बढ्नुपर्नेमा उनीहरूको जोड रहेको छ । अगाडि थपिएको छ, ‘शान्तिपूर्ण प्रदर्शन मार्फत दबाब सिर्जना गराएर आफ्ना माग पूरा गराउने  नयाँ  पुस्ताको उद्घोष विल्कुलै जायज थियो । ’

जेनजीको आन्दोलनपछि कांग्रेस र एमालेभित्र आन्तरिक लोकतन्त्रको विषय उठेको हो । आवश्यक कमजोरी स्वीकार गरेर फेरि गलत नगर्ने संकल्प गरेर उनीहरू सच्चिने बाचा गर्न खोज्दैछन् । 

शीर्ष नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै पेवा जस्तो बनाएर राख्न खोज्दा युवाहरूका असन्तुष्टि चुलिएकोमा राजनीतिक दलका दोसो र तेस्रो तहका नेताहरूको बुझाइ छ । यही बुझाइबाट अगाडि बढ्ने संकल्प उनीहरूले पार्टीभित्र खोजेका हुन् । 

ADV

सम्बन्धित खबर

Advertise