काठमााडौँ– जेनजी समूहका संयोजक अमित खनालले सोमबारको प्रदर्शनमा राजनीतिक घुसपैठले आन्दोलनलाई अराजक बनाएको प्रष्टीकरण दिएका छन् ।
मध्यान्हसँगको कुराकानीमा उनले आफूहरुले शान्तिपूर्ण आन्दोलन गरे पनि राजनीतिक समूहको प्रवेशपछि प्रदर्शन अराजक बनेको बताएका हुन् । ‘हाम्रो आन्दोलन पूर्ण रुपमा शान्तिपूर्ण हुने थियो, केहि व्यक्ति र समूहको प्रवेशले आन्दोलन दुःखद मूडभेठतर्फ पुग्यो’, उनले भने ।
जेनजी आन्दोलनमा रास्वपा र दुर्गा प्रसाईँका केहि कार्यकर्ताहरु जोडिएको पनि उनले बताए । जोडिने क्रममै आफूहरुले शान्तिपूर्ण प्रदर्शनको प्रस्ताव राखेको र उनीहरुले स्वीकार पनि गरेको उनी बताउँछन् । भीड बढ्दैँ जाँदा उनीहरु अराजक बनेको र तोडफोडको मनस्थितीमा देखिएपछि आफूहरु बाहिरिएको पनि संयोजक खनालले बताएका छन् । जेनजी पुस्तालाई देखाएर राजनीतिक दल र स्वार्थले केही व्यक्तिले राजनीतिक स्टन्ट देखाउँदा दुखद घटना घटेको उनी बताउँछन् ।
भ्रष्टाचार र सुशासन हाम्रो मुख्य मुद्धा रहेता पनि आफूहरुलेसामाजिक सञ्जाल निस्क्रियको विषय उठान गरेको उल्लेख गर्दै खनाल भन्छन्, ‘उनीहरुले सामाजिक सञ्जाललाई मुख्य मुद्दा बनाएर आन्दोलनलाई भाड्न खोजे ।’ राज्य प्रणालीमा भ्रष्टाचारमूक्त नेपाल र प्रणालीको पक्षमा प्रर्दशन गर्ने भनि जेनजी समूहले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शनको घोषणा गरेको थियो ।