काठमाडौं । सरकारले जेन–जीले गरेको प्रदर्शनका क्रममा भएका घटनाहरूको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
तत्काल छानबिन समिति गठन गरेर सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार पार्नका लागि समिति गठन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको जेन जेड पुस्ताको आन्दोलनमा हालसम्म १९ जनाको मृत्यु भएको छ भने तीन सय ४७ जना घाइते भएका छन्।