२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

shivam cement
मध्यान्ह
२०८२ भदौ २४ गते १२:२७
प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् । देशभर जेन जेडको आन्दोलन चर्किँदै जाँदा ६ बजे बस्नेगरी बैठक डाकिएको हो ।

एक अपिल जारी गर्दै उनले हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःखी भएको बताएका छन् । ‘कुनैपनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो ।

उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षको लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु । त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान समेत गरेको छु । सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई यो विषम परिस्थितिमा संयम रहन विनम्र अनुरोध गर्दछु’, प्रधानमन्त्रीले भनेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise