२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा लर्निङ सेन्टर स्थापना

ADV
मध्यान्ह
२०८१ असार २५ गते १३:३५
सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा लर्निङ सेन्टर स्थापना

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो सबै प्रदेशको प्रदेश कार्यालयमा लर्निङ सेन्टर सञ्चालनमा ल्याएको छ । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ बैंकले लर्निङ सेन्टर सञ्चालनमा ल्याएको हो ।

कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिकस्तरका कार्यक्रमहरु सञ्चालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु सञ्चालन गर्न लर्निङ सेन्टरको स्थापना गरिएको बैंकले जानकारी दिएको छ । यो लर्निङ सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बागमतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरी एकै पटक ३६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

मंगलबार बैंकको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेले भर्चुअलरुपमा लर्निङ सेन्टरहरुको उद्घाटन गरे । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले बैंकले स्थापना गरेको लर्निङ सेन्टरमा कार्यक्रमहरु सञ्चालन गर्न सहज हुने र सञ्चालन भएका कार्यक्रमहरुले कर्मचारीहरुको व्यक्तित्व र क्षमता विकासमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन एवम् सबै प्रदेशका प्रदेश प्रमुखका साथै क्लस्टर प्रमुखलगायत शाखा प्रमुखहरु गरी २६५ जना कर्मचारीहरुको उपस्थिति रहेको थियो । मंगलबार लर्निङ सेन्टरहरुको उद्घाटनकै दिनमा देशभर रहेका सात वटै सेन्टरबाट कोशीमा २३ , मधेशमा २०, बागमतीमा ४०, गण्डकीमा ९, लुम्बिनीमा २३, कर्णालीमा ५ र सुदूरपश्चिममा १० जना गरी १३० जना कर्मचारीले प्रशिक्षण पनि लिएका छन् ।

बैंकले आफ्ना कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासका लागि विभिन्न तालिम तथा कार्यक्रमहरुको आयोजना गर्दै आएको छ र सबै प्रदेशमा लर्निङ सेन्टरको स्थापनाले आगामी दिनमा अझ सशक्त ढंगले कर्मचारीहरूलाई आफ्नो कार्यस्थलमा कार्य सम्पादन गर्ने क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा एटिएम. र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise