२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

प्युठान सडक डिभिजन प्रमुख लामाको सरुवा, उत्कृष्ट कार्यसम्पादनका बीच बिदाइ

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ भदौ ३१ गते १४:०६
प्युठान सडक डिभिजन प्रमुख लामाको सरुवा, उत्कृष्ट कार्यसम्पादनका बीच बिदाइ

प्युठान : सडक डिभिजन कार्यालय प्युठानका कार्यालय प्रमुख विष्णुदास लामाको सरुवापछि उनलाई बिदाइ गरिएको छ । करिब दुई वर्षमै सरुवा भएका लामाले आफ्नो कार्यकालमा उल्लेखनीय उपलब्धि हासिल गरेका थिए ।

गत आर्थिक वर्ष २०८१/८२ मा ७४ प्रतिशत बजेट खर्च गरी ऐतिहासिक वित्तीय प्रगति गरेका लामा विकट क्षेत्रमा ५.५ किलोमिटर सडक कालोपत्रे गर्न सफल भएका थिए । सडकमा पर्ने खाल्डाखुल्डी पुर्‍याउनेदेखि पहिरो र बाढीका चुनौतीबीच स्थानीय प्रशासन, जनप्रतिनिधि र निर्माण व्यवसायीसँग समन्वय गरी सडकलाई निरन्तर सञ्चालनमा राखेको स्थानीय रामु पौडेलले बताएका छन् ।

लामाको कार्यकालमा भालुवाङ–गनाहा–चकचके सडक ७ करोडको लागतमा ठेक्का सम्झौता गरी अघि बढाइएको थियो भने भिङ्ग्री र जसपुर बजार क्षेत्रमा सडक विस्तार तथा कालोपत्रे समेत भएको छ । त्यसैगरी चकचके–लिवाङ सडक खण्डमा करिब ११०३ मिटर ब्यारेयर जडान, गर्जेनी र जमुने भीरमा पहिरो रोकथामजस्ता काम सम्पन्न गरिएको थियो ।

गत वर्ष ६४ करोड बजेट विनियोजन भएकोमा डिभिजनले ७४ प्रतिशत बजेट खर्च गरी फ्रिज हुनबाट जोगाएको छ । रोल्पा–प्युठान जोड्ने वैकल्पिक सहायक राजमार्ग अन्तर्गत करिब ८४ प्रतिशत काम सम्पन्न भएको छ ।

कर्णाली प्रदेशको हिल्सा–सिमिकोट सडक ट्र्याक खोल्नेमा महत्वपूर्ण योगदान दिएका लामा हाल बाजुरास्थित कर्णाली करिडोर अन्तर्गत दक्षिण खण्डको जिम्मेवारीसहित सरुवा भएका छन् । नयाँ जिम्मेवारीले कर्णालीवासीमा सडक विकासप्रतिको आशा बढाएको स्थानीय हबिब शहाले बताए ।

लामाले आफू जहाँ गए पनि यात्रु सुरक्षित, सहज र निर्वाध यात्रा गर्न सकून् भन्ने उद्देश्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise