२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ब्रिटिश काउन्सिलद्वारा एजेन्ट र परामर्शदाताहरुसँग छलफल

ADV
मध्यान्ह
२०८१ साउन २२ गते १६:३९
ब्रिटिश काउन्सिलद्वारा एजेन्ट र परामर्शदाताहरुसँग छलफल

काठमाडौं : ब्रिटिश काउन्सिलले एजेन्ट र परामर्शदाताहरूसँग छलफल गरेको छ । विद्यार्थीहरूको शैक्षिक अनुभव वृद्धि गर्ने उद्देश्यले छलफल गरेको छ ।

युकेको शैक्षिक अवसर तथा सांस्कृतिक सम्बन्धका लागि अन्तर्राष्ट्रिय संस्था ब्रिटिश काउन्सिलले अगस्ट १ र २ मा काठमाडौंमा एजेन्ट र परामर्शदाता बैठक बोलाइ छलफल गरेको थियो ।

बैठकमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको गतिशीलता सक्षम पार्ने र विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक प्रयासमा कसरी सफलता दिलाउने भन्ने विषयमा छलफल भएको थियो । ब्रिटिश काउन्सिलले एजेन्ट क्वालिटी फ्रेमवर्क (एक्यूएफ) जस्ता पहलहरू मार्फत विद्यार्थीहरूलाई भरपर्दो मार्गदर्शन र सहायता प्रदान गर्न आवश्यक नैतिक मापदण्ड र ज्ञानले एजेन्ट र परामर्शदाताहरूलाई सुसज्जित पार्ने लक्ष्य राखेको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि गन्तव्यको रूपमा युकेको लोकप्रियता बढ्दै गएको देखाएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा अध्ययनका लागि युके जाने नेपाली विद्यार्थीको संख्या ८२ प्रतिशतले बढेको छ । सन् २०१९ सँग यस्तै तथ्यांकलाई तुलना गर्ने हो भने २०२३ मा युकेमा नेपाली विद्यार्थीको संख्यामा १३४० प्रतिशतभन्दा बढी वृद्धि भएको थियो ।

उद्घाटनको अवसरमा ब्रिटिश काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडुगलले ब्रिटिश काउन्सिलले नेपाल र युकेबीच शैक्षिक तथा सांस्कृतिक अवसरहरू सिर्जना गरेको बताइन् ।

‘६५ वर्षभन्दा बढी समयदेखि, हामीले समावेशी, उच्च गुणस्तरको शिक्षण र सिकाइलाई अभिवृद्धि गर्नका लागि सबै तहका सरकारहरूसँग सहकार्य गर्दै नेपालको शैक्षिक प्राथमिकताहरूलाई गर्वका साथ सहयोग गरेका छौं,’ उनी भन्छिन्, ‘हाम्रा कला र संस्कृति कार्यक्रमहरूले सांस्कृतिक सहजकर्ताहरूलाई सहयोग प्रदान गर्दछ र जलवायु परिवर्तन, मानसिक स्वास्थ्य, सम्पदा, र लैङ्गिक समानता जस्ता महत्त्वपूर्ण विश्वव्यापी मुद्दाहरू सम्बोधन गर्दछ ।’

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise