२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौता

shivam cement
२०८२ असोज ३१ गते १४:४०
Shares
हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौता

काठमाडौं : डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेको छ । 

उद्योगले २०७२ साल माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको कूल रु १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता रु ५० लाख ४३ हजारको एक मासिक किस्ता हुनेगरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ । उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।  

यसैगरी, रु १७ करोड ५८ लाख बक्यौता रहेको सिमराकै अर्को अशोक स्टिलले पनि पहिलो किस्ता बुझाएको छ । अशोकले २८ किस्ताको सुविधा लिइ रु ६३ लाख बुझाएको हो ।

सम्बन्धित खबर