काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
पत्रकार सम्मेलन दिउँसो १ बजे होटेल ए वान भेन्यू कोटेश्वर चोकमा हुने भएको छ । जेन जी युवाको आन्दोलनपछि सत्ताच्यूत भएपछि उनले पहिलो पटक सोही सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।
यसअघि उनको पत्रकार सम्मेलन ललितपुरको रामबाग महलमा हुने भनिएको थियो । एमाले केन्द्रीय कमिटीको बैठक पनि त्यहीँ भएको थियो ।