२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

shivam cement
मध्यान्ह
२०८२ असोज ३० गते ०७:२३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा रहनेछ ।

यस्तै, आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ६७ पैसा, स्विस फ्रयांक  एकको खरिददर १७५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २० पैसा र बिक्रीदर १०० रुपैयाँ ६२ पैसा, सिंगापुर डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १९ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसामा विनिमय हुनेछ ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४ रुपैयाँ ८९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९० पैसा र बिक्रीदर २१ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

यस्तै, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ १६ पैसा र बिक्रीदर ४६० रुपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८१ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise