अमेरिका : अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ। विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा पुगेका अर्थमन्त्री खनालले अध्यक्ष मासातो कान्डासँग बुधबार भेटवार्ता गरेका हुन् ।
उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ ।
भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोक दर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य तथा विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।