२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

दुधको भुक्तानी नदिए कारबाही गरिने

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ १७ गते २१:१२
दुधको भुक्तानी नदिए कारबाही गरिने

भालुबाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको बाँकी भुक्तानी तत्काल  नगरे  नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई कारबाही गर्ने चेतावनी दिएका छन् । 

नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुखसहित कर्मचारीहरुलाई  मुख्यमन्त्री कार्यालयमा बोलाएर मुख्यमन्त्री  आचर्यले  लामो समयदेखि नेपालगञ्ज दुग्ध आयोजनाले किसानको दुधको भुक्तानी नदिएको गुनासो आफु समक्ष आएको बताउँदै उनले अविलम्ब भुक्तानी गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री आचर्यले भने,‘किसानको भुक्तानी रोकेर राख्न मिल्दैन् । म संघीय सरकारसँग पनि यस बारेमा छलफल  गर्छु ।’ गत पुस महिनाबाट किसानले दुधको भुक्तानी नपाएकोले किसान मर्कामा परेकोले पैसा नदिनुको कारण समेत उनले सोधेका थिए । 

संस्थानले दुधको भुक्तानीको लागि अर्थमन्त्रालयमा ६० करोड रुपैयाँ माग गरेको आयोजनाका कर्मचारीले बताएका थिए । लुम्बिनी प्रदेशको बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज दुग्ध वितरण आयोजनाले मात्रै २० करोड रुपैयाँ किसानको रकम भुक्तानी गर्न बाँकी रहेको गुनासो मुख्यमन्त्री कहाँ पुगेपछि मुख्यमन्त्रीले भुक्तानी नगरे आयोजनाका अधिकारीलाई कारबाही गर्ने  चेतावनी दिएका हुन् ।

लुम्बिनी प्रदेशको ग्रामीण अर्थतन्त्रको बलियो आधारको लागि दुग्ध व्यवसायलाई पहिलो प्राथमिकतामा  राख्ने गरी प्रदेश सरकारले समेत योजना बनाउने  मुख्यमन्त्री आचार्यले दाबी  गरे । 

नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख दिलिप चौधरी दुधमा आत्मनिर्भताको लागि नेपालगञ्ज दुग्ध वितरण आयोजनाको क्षमता विस्तार गर्न प्रस्ताव गरेका छन् । यो आयोजनाबाट लुम्बिनी र कर्णाली प्रदेश गरी पाँच जिल्लामा दुग्ध चिस्यान केन्द्र रहेका छन् । दुध उत्पादन बढ्दै गएपनि बजारीकरणको समस्या किसानले भोग्नु परेको छ । 

असोज महिनादेखि चैतसम्म दैनिक आठ हजार लिटर दुध संकलन हुने गरेको छ । असोज,कात्तिक, मंसिर, पुस, माघ, फागुन, चैत  महिनामा दुध उत्पादन बढेपनि बजारीकरण गर्न समस्या हुँदा मिल्क होलिडेको मारमा किसान छन्, तर वैशाखदेखि भदौ महिनासम्म दुध संकलन भने ह्वात्तै घट्ने हुँदा दुधको बजारलाई सन्तुलनमा राख्न समस्या पर्ने गरेको छ ।

बैशाख, जेठ, असार, साउन, भदौ महिनामा दैनिक दुई हजार लिटर मात्रै दुध संकलन हुँदा बजारको माग धान्न नसक्ने अवस्था रहेको आयोजनाका पदाधिकारी बताउँछन् । 

दुग्ध वितरण आयोजनाले दाङको शान्तिनगर दुग्ध चिस्यान केन्द्र, लमही दुग्ध चिस्यान केन्द्र, बर्दियाको सानोश्री, भूरिगाउँ चिस्यान केन्द्रबाट दुध संकलन हुँदै आएको छ । यस्तै सुर्खेतको छिन्छु दुध चिस्या केन्द्र र कोहलपुर आयोजना कार्यालयबाट समेत दुध संकलन हुँदै आएको जनाएको छ ।

एक सय ११ सहकारी संस्थाबाट हजारौं किसानले दुध बिक्री वितरण गर्दै आएपनि समयमा पैसा नपाउँदा समस्या भएको छ । उद्योगबाट प्रतिघण्टा एक हजार लिटर दुध प्रशोधन गर्न सक्ने क्षमता रहेको पदाधिकारीले जानकारी दिए । हाल दैनिक १२ हजार लिटर दुध संकलन हुँदै आएको आयोजनाका कर्मचारी  जनाए  । दुधको सहज बजारीकरणको लागि पाउडर प्लान्ट बनाउन प्रस्ताव गरिएको आयोजना प्रमुख चौधरीले मध्यान्हलाई जानकारी दिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise