२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नेप्से परिसूचक २२ अङ्कले घट्यो

shivam cement
२०८२ असोज २९ गते १५:५६
Shares
नेप्से परिसूचक २२ अङ्कले घट्यो

काठमाडौः धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ५०५ दशमलव ५८ को विन्दुमा आएको छ ।

कूल ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३५ हजार ७५० पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब १० करोड १८ लाख ३० हजार ९४५ मा खुम्चिएको छ ।

म्युचुअल फण्ड शून्य दशमलव २४ प्रतिशतले बढेको आजको बजारमा बाँकी सबै समूहका उपसूचक घटेका छन् । व्यापार दुई दशमलव शून्य नौ, अन्य समूह एक दशमलव २२ प्रतिशतले घटेको छ । 

त्यस्तै बैंकिङ शून्य दशमलव ५४, विकास बैंक एक दशमलव १४, वित्त एक दशमलव १०, होटल तथा पर्यटन एक दशमलव शून्य छ, जलविद्युत् एक दशमलव १८, लगानी शून्य दशमलव ९८, जीवन बिमा शून्य दशमलव ७५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३९, लघुवित्त शून्य दशमलव ५६ र निर्जीवन बिमा समूह शून्य दशमलव ६५ प्रतिशतले घटेको छ ।

विन्ध्यवासिनि हाइड्रोपावर र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको बजारमा मनकामना इञ्जिनियरिङ हाइड्रोपावर पाँच दशमलव ८७ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य पाँच दशमलव ७५ प्रतिशतले घटेका छन् । त्यस्तै आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य छ दशमलव ९३ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २० करोड ५४ लाख चार हजार ३६७ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा युनियन हाइड्रोपावर लिमिटेडको शेयर दुई लाख ७३ हजार ३२२ कित्ता खरिदबिक्री भएको छ । 

ताजा खबर

सम्बन्धित खबर