२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते १२:३५
इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं : नेपाल इन्जिनियर्स एशोसिएसनको ३४औं केन्द्रीय कार्यकारिणी समिति र  तेश्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन मंसिर २८ गते हुँदै छ । विभिन्न राजनीतिक दल निकट पेशागत संगठनहरु आ-आफ्नो प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । 

केन्द्रीय कार्यकारिणी समितिमा नेपाली कांङ्ग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बाट ई. सुवासचन्द्र बराल नेतृत्वमा, नेकपा एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (पीन) बाट प्रा. डा. विष्णु पाण्डे नेतृत्वमा र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय इन्जिनियर संगठन (नियोन) बाट ई. दिपक श्रेष्ठ नेतृत्वमा उठेका मुख्य ठूला तीन समूहहरुका बिचमा प्रतिस्पर्धा हुँदैछ । 

यसअघिका ३३ वटा कार्यकारिणी समितिमध्ये सबैभन्दा बढी तीस पटक सिडेनले र तीन पटक प्रगतिशील समूहले नेतृत्व गरेका छन् । 

३१ औं पटक नेइएको नेतृत्व गर्ने तयारीमा रहेको सिडेनबाट ई. सुवासचन्द्र बराल चुनावी मैदानमा छन् । हाइड्रोपावर डेभलभमेन्टको क्षेत्रमा लामो समय काम गरेका बराललाई सिडेनको प्यानल भोट सहित प्राइभेट सेक्टरमा काम गर्ने इन्जिनियरको बढी साथ रहेको सिडेकका एक पदाधिकारी बताउँछन् । सिडेनले चार हजारभन्दा बढी इन्जिनियरको नवीकरण र दर्तामा सहयोग पुर्याएकोले सिडेनले चुनाव सजिलै जित्ने उनको दाबी छ । 

त्यस्तै आर्का सशक्त प्रतिस्पर्धीको रुपमा देखिएका उम्मेदवार हुन् ई. प्रा. डा. विष्णु पाण्डे । पिनको तर्फबाट अध्यक्ष उम्मेदवार बनेका पाण्डे पुल्चोक क्याम्पसका प्रोफेसर हुन् । ऐकेडेमिक पृष्ठभुमी अब्बल भएका पाण्डेलाई विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरुको राम्रो समर्थन रहेको पिन निकट इन्जिनियरको दाबी छ । धेरै पटक सिडेनले नेइएको नेतृत्व गरेर पनि काम देखाउन नसकेकाले यस पटक आफुहरुले जित्ने पिनको दाबी छ । 

पब्लिक सेक्टरमा रहेका इन्जिनियरहरुको समस्यालाई मुख्य एजेण्डा बनाएर निर्वाचन होमिएका उम्मेदवार हुन् ई. दिपक श्रेष्ठ । खानेपानी संस्थानको सहायक प्रबन्धक रहेका श्रेष्ठलाई निजामति र संस्थानका इन्जिनियरको भोट आउने इन्जिनियरिङ सर्कलमा चर्चा रेको छ । 

एशोसिएसन र राज्य बीच समन्वय गरेर नतिजा निकाल्ने र एशोसियसनलाई पुनर्संरचना गरेर नेइए रुपान्तरणको एजेण्डा बोकेकाले आफुले जित्ने श्रेष्ठको दाबी छ । श्रेष्ठले इन्जिनियरको सेवा प्रवेश तह एउटै बनाउने , निजामति सेवामा इन्जिनियरको दरबन्दी बढाउने र इन्जिनियर माथीको गलत भास्य बदल्ने जस्ता एजेण्डा बोकेकाले र इन्जिनियरले एजेण्डाका आधारमा मतदान गर्ने भएकाले श्रेष्ठले रहस्यमय जित निकाल्ने नियोनका इन्जिनियरको दाबी छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार २८ भदौमा तय भएको निर्वाचनका लागि १८ हजार ६)१ मतदाता तय भएका छन् । प्रदेशगत हिसावमा सबैभन्दा धेरै मतदाता बागमतीमा छन्। काठमाडौं, हेटौंडा र भरतपुर मतदान केन्द्र रहेको बागमतीमा ११ हजार ५२४ मतदाता छन् । कोशी प्रदेश अन्तर्गत विराटनगर, इहटरी र बिर्तामोड मतदान केन्द्रमा  ९४६ मतदाता रहेका छन् । जनकपुर र वीरगन्ज मतदान केन्द्र रहेको मधेशमा १ हजार ७५० मतदाता छन् भने पोखरा मात्र मतदान केन्द्र रहेको गण्डकीमा १ हजार ५६८ मतदाता छन् । 

बुटवल, दाङ र  नेपालगन्ज मतदान केन्द्र रहेको लुम्बिनीमा १ हजार ७८७ मतदाता छन्। कर्णालीमा ३८६ र सुदूरपश्चिममा ६३४ मतदाता छन्। कर्णालीमा सुर्खेत र सुदूरपश्चिममा धनगढी मतदान केन्द्र मात्र छन् । एशोसिएसनले पहिलो पटक ई-भोटिङमार्फत निर्वाचन गर्दै छ ।

ADVADV

सम्बन्धित खबर

Advertise