२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

जलेका कार्यालय सरसफाइ गरी अत्यावश्यक सेवा सञ्चालन

shivam cement
२०८२ भदौ २८ गते १०:३७
Shares
जलेका कार्यालय सरसफाइ गरी अत्यावश्यक सेवा सञ्चालन

तनहुँः जेनजी आन्दोलनका क्रममा तनहुँमा भएका सरकारी कार्यालय तोडफोड र आगजनीपश्चात् अत्यावश्यक सेवा सञ्चालनको तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै कार्यालयलाई परिपत्र गर्दै क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन गरी प्रशासन कार्यालयलाई उपलब्ध गराउन परिपत्र गरेको जानकारी दिए । तोडफोड र आगजनीबाट कार्यालयमा भएका फोहर सरसफाइ गर्न समेत कर्मचारीलाई आग्रह गरिएको उनले बताए । 

उनले भने, ‘अधिकांश कार्यालय तोडफोड र आगजनी भएका छन् । सबै व्यवस्थापन मिलाएर सेवा प्रवाह गरिनेछ । अत्यावश्यक सेवा भने तत्कालै सञ्चालन गरिनेछ ।’ 

जेनजीको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत तनहुँ, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, डिभिजन वन कार्यालयका भवन र सवारीसाधन तोडफोड र आगजनी गरिएको छ ।  

ताजा खबर

सम्बन्धित खबर