२०८२ भदौ २७ गते शुक्रवार / Sep 12 , 2025 , Friday
२०८२ भदौ २७ गते शुक्रवार
Ads

अप्राकृतिक गठबन्धनमा रहेको अहंकारका कारण भौतिक संरचना र दस्तावेज नष्ट भए : माओवादी

shivam cement
मध्यान्ह
२०८२ भदौ २७ गते १६:२६
अप्राकृतिक गठबन्धनमा रहेको अहंकारका कारण भौतिक संरचना र दस्तावेज नष्ट भए : माओवादी

काठमाडौंः नेकपा (माओवादी केन्द्र) ले अप्राकृतिक गठबन्धनमा रहेको अहंकार, नालायकी र कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट भएको आरोप लगाएको छ ।

शुक्रबार नेकपा माओवादी केन्द्रका उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा यस्तो आरोप लगाइएको हो । जेन जी पुस्ताको आन्दोलनका क्रममा भएका घटनाहरुको निष्पक्ष, स्वतन्त्र र न्यायिक छानविन गरी दोषीमाथि कारबाही हुनुपर्ने विज्ञप्तीमा उल्लेख छ । 

नयाँ पुस्ताले देशको भविष्यप्रति बोकेको आकांक्षा, इमान्दार सोच र परिवर्तनप्रतिको दृढ चाहनालाई यो आन्दोलनले प्रकट गरेको बताइएको छ । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायतका बलिदानपूर्ण आन्दोलनहरूले नेपाली जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएको र जेन जीको हिलेको आन्दोलनको भावनालाई पनि यिनै ऐतिहासिक आन्दोलनको निरन्तरता मान्न सकिने उल्लेख छ । आन्दोलनभित्र घुसेर प्रतिगामी तत्वहरूले तोडफोड, आगजनी र विध्वंस गरेर बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलव्धिहरूलाई उल्ट्याउने कुचेष्टा गरिएको आरोप लगाइएको छ । 

संविधान कार्यान्वयन तथा सरकार सञ्चालनका क्रममा भएका कमीकमजोरी र कार्यशैलीमा देखापरेका त्रुटीहरूको स्वीकार र गम्भीर समीक्षा गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताइएको छ । संघीय संसदबाट तत्काल आवश्यक कानुन निर्माण गरी मुलुकलाई नयाँ जनादेशमा लैजाने मार्ग वैधानिक र उपयुक्त विधि हुने र आन्दोलनकारी युवाका प्रतिनिधिलाई समेत समेटेर संविधानबमोजिम नयाँ सरकारको निर्माण गर्नु नै अहिलेको उत्तम विकल्प भएको जिकिर गरिएको छ । 

नयाँ सरकारको पहिलो र प्राथमिक काम स्वच्छ र निष्पक्ष निर्वाचन गराउनु हुने र ध्वस्त संरचनाको पुनर्निर्माण तथा सुशासनलाई ध्यान दिँदै नागरिकमा आशा जगाउने काम गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । संविधानले निर्दिष्ट गरेका मौलिक हकका विषयलाई कानून बनाएर इमान्दारीपूर्वक कार्यान्वयन गर्नसक्दा आन्दोलनकारी जेन्जी युवाले उठाएका मागमा सहमति गरेर संवैधानिक व्यवस्था, विधि, प्रक्रिया र पद्धतिको हिसावले अगाडि लैजानु श्रेयस्कर हुने पनि बताइएको छ । 


 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise