२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

पाकिस्तानमा बाढीका कारण ९७ जनाको मृत्यु, ४.४ मिलियन भन्दा बढी प्रभावित

shivam cement
२०८२ भदौ २८ गते १३:३५
Shares
पाकिस्तानमा बाढीका कारण ९७ जनाको मृत्यु, ४.४ मिलियन भन्दा बढी प्रभावित

काठमाडौंः पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आएको बाढीका कारण कम्तीमा ९७ जनाको मृत्यु हुनुका साथै ४.४ मिलियन भन्दा बढी मानिसहरु प्रभावित भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।

पिडिएमएका अनुसार रावी, सतलज र चेनाब नदीमा आएको बाढीका कारण प्रदेश भरिका चार हजार ५०० भन्दा बढी गाउँहरूलाई क्षति पुगेको छ ।

उद्धार तथा राहतसहित अहिलेसम्म करिब २.४५ मिलियन मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

प्रभावित जिल्लाहरूमा कुल ३९६ राहत शिविरहरू स्थापना गरिएको छ, भने लगभग १.९ मिलियन गाईवस्तुहरूलाई सुरक्षित स्थानमा सारीएको पिडिएमएले जनाएको छ ।  

आधिकारिक तथ्याङ्कअनुसार जुन २६ देखि राष्ट्रव्यापी, मौसमी वर्षा र बाढीले कम्तीमा ९५६ जनाको ज्यान लिनुका साथै एक हजार ६० भन्दा बढी घाइते भएका छन् । बाढीले आठ हजार ४०० भन्दा बढी घरहरू क्षतिग्रस्त भएका छन्, भने देशभरि छ हजार ५०० भन्दा बढी गाईवस्तुहरू नष्ट भएका छन् ।

विस्थापित समुदायहरूलाई आश्रय, खाना र चिकित्सा सहायता प्रदान गर्न तथा थप क्षति रोक्न राहत प्रयासहरू जारी रहेको जनाइएको छ ।   

ताजा खबर

सम्बन्धित खबर