२०८२ भदौ २८ गते शनिवार / Sep 13 , 2025 , Saturday
२०८२ भदौ २८ गते शनिवार
Ads

३० वटा विधेयक निष्क्रिय 

shivam cement
मध्यान्ह
२०८२ भदौ २८ गते १४:११
३० वटा विधेयक निष्क्रिय 

काठमाडौंः प्रतिनिधि सभा विघटन भएसँगै ३० वटा विधेयक निष्क्रिय भएका छन् । जसमा प्रतिनिधि सभाका २१ वटा सरकारी विधेयक र २ वटा गैरसरकारी विधेयक रहेका छन् । राष्ट्रिय सभाका ७ वटा विधेयक निष्क्रिय भएका हुन् ।

२०७९ मंसिर ४  गते सम्पन्न भएकाे चुनावबाट आएको प्रतिनिधि सभामा उत्पति भएका जम्मा २३ वटा विधेयक निष्क्रिय भएकाे जनाइएकाे छ । । 

प्रतिनिधि सभा विघटन भएको अवस्थामा प्रतिनिधिसभामा विचाराधीन रहेका वा प्रतिनिधि सभाबाट पारित भइ राष्ट्रिय सभामा गएका विधेयक निष्क्रिय हुने प्रावधान छ । यस्तो प्रावधान संविधानको धारा १११ मा उल्लेख छ।

ADV

सम्बन्धित खबर

Advertise