२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

परिवर्तन गाउँपालिकाले मनायो श्रम-डे

draupadi film
सुर्य प्रकाश बुढा मगर
२०८१ कार्तिक ५ गते १२:४१
परिवर्तन गाउँपालिकाले मनायो श्रम-डे

रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिकाले श्रम-डे मनाएको छ । 'परिवर्तन गाउँपालिकाको आह्वान, श्रममा सम्मान' भन्ने मूल नाराका साथ आइतबार श्रम–डे मनाइएको हो । परिवर्तन गाउँपालिकावासी, जनसमुदायहरु, कर्मचारी, शिक्षक, व्यापारीलगायतले आ-आफ्नो पायक पर्ने क्षेत्रमा एक दिन काम गरेर श्रम-डे मनाएका हुन् ।

वि.सं.२०७९ असोज २४ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार हरेक वर्षको कात्तिक ४ गते श्रम-डे मनाउने गरिन्छ भने परिवर्तन गाउँपालिकाको आइतबारको श्रम-डे कार्यक्रम तेस्रो वर्षको रहेको थियो । गाउँपालिका, वडा र टोल विकास संस्थाबीचमा छलफल गरेर टोल विकास संस्थामा के आवश्यकता छ, जस्तै सडक मर्मत, गोरेटो बाटो निर्माण, खानेपानी मर्मत गर्नुपर्नेलगायतका कार्यको छनोट र योजना चाहिँ टोल विकास संस्थाले गर्ने, वडा कार्यालयले त्यसको संयोजन गर्ने गरेर जनप्रतिनिधिको नेतृत्वमा काम गर्ने गरिएको छ ।

No description available.

सोहीअनुसार परिवर्तन गाउँपालिकाको ६ वटै वडाभित्र विभिन्न सार्वजनिक स्थलमा सामूहिक कार्यहरू भएका छन् । धेरै ठाउँमा गोरेटो बाटो निर्माण गरेको देखिएको छ भने स्थानीय बजारमा समेत सरसफाइ, मोटर बाटोको वरिपरि सरसफाइ, स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको वरिपरि सरसफाइ र वडा कार्यालय वरिपरि सरसफाइ गरिएको परिवर्तन गाउँपालिकाले जानकारी दिएको छ ।

एक दिन सबैले आ-आफ्नो क्षेत्रमा श्रम गर्नुपर्छ भन्ने सोचले श्रम-डे कार्यक्रम ल्याइएको गाउँपालिकाको भनाइ छ। विगत दुई वर्षदेखि गाउँपालिकाको आयोजनामा श्रम-डे मनाउँदै आएको बताउँदै परिवर्तन गाउँपालिका-२ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगरले परिवर्तन गाउँपालिका-२ राङ्सी वडा कार्यालयको नेतृत्वमा पोखरा बजार पनि सरसफाइ गरिएको बताए । 'हामीले गाउँपालिकावासी, वडावासी, जनसमुदायलाई एक दिन श्रम गर्न आग्रह गरेका थियौं, व्यस्त समयको बाबजुद पनि श्रम गर्न सबै जोडिएको मैले पाएको छु,' प्रवक्ता बुढा मगरले भने, 'हामीले चाहेको के हो भन्दा एक दिन हामीले आफ्नो घरको वरिपरि दैनिक केही न केही श्रम त पक्कै गर्छौं, तर एक दिन सार्वजनिक क्षेत्रमा श्रम-डे गरेर सबैले आ-आफ्नो एक दिन यो सार्वजनिक क्षेत्रका लागि श्रम प्रदान गरेर केही श्रम संस्कारको विकास गरौं भनेर यो खालको कार्यक्रम आयोजना गरिएको हो ।'

No description available.

श्रम गर्ने अवस्था पञ्चायतमा पनि भएको र पहिले श्रमदानबाट धेरै काम हुने गरेको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले बताए । 'हामीले बुझ्दा पहिले विद्यालय, बाटो, पुल, पाटीपौवा, सार्वजनिक भवन, सार्वजनिक स्थललगायतका क्षेत्र सबै श्रमदानबाट निर्माण हुन्थ्यो, तर अहिले सबै आर्थिक कारोबारबाट गर्नुपर्छ भन्ने बुझाइ छ,' अध्यक्ष मगरले भने ।

No description available.

ADV

सम्बन्धित खबर

Advertise