जनकपुरधाम : जनकपुरधाम उपमहानगरमा सञ्चालित १७ वटा निजी विद्यालय तथा कलेज सञ्चालकहरुले आन्दोलन गर्ने योजना बन्न थालेका छन् ।
जनकपुरधाम उपमहानगर पालिकाले समयमा सार्थक निर्णय लिनबाट पछि हट्दै आएकोविरुद्धमा उनीहरुले आन्दोलनको तयारी गर्दैछन् ।
यसले गर्दा समग्रमा जनकपुरधामवासीलाई नै क्षति हुने सर्वसाधारण भन्न थालेका छन् । यहाँको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा संस्थागत विद्यालयहरुले शिक्षा नीतिमा आफ्ना बुद्धि विवेकले कार्य नगरेको जनकपुरधामका मेयर मनोज कुमार साह आरोप लगाए ।
उनीहरुले शैक्षिक आन्दोलनबाट यस क्षेत्रका विद्यार्थीलगायतका हुने क्षतिको सम्पूर्ण जवाफदेही जनकपुरधाम उपमहानगरलाई लिनुपर्ने विचार समेत व्यक्त गरे ।
मोडेल मल्टिफ कलेजका सञ्चालक विरेन्द्र साहले जनकपुरधाम उपमहानगरले एउटै विषयमा दुई मितिमा फरक–फरक निर्णय गरी आफुहरुलाई पत्राचार गरेर यहाँका नीजि विद्यालय तथा कलेजलाई आन्दोलनको लागि बाध्य पार्न लागेको आरोप लगाए । उनले भने,‘यहाँ संचालित १७ वटै शैक्षिक संस्थाले शैक्षिक सत्र भर्ना पछि, हिसाव र अडिट गरिसकेको अवस्थामा गत दुई आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को पैसा फिर्ता गर्न पत्र काटन लगाएर हामीलाई असंतुष्ट पार्न खोजेको छ ।’
एन प्यावसनका धनुषाका अध्यक्ष आशिष झाले फरक–फरक मितिमा फरक –फरक कलेजलाई गरिएको पत्राचार अनुसार निजी कलेजहरुले दुई वटा सेसनमा छात्रवृत्तीमा भर्ना भएका विद्यार्थीहरुलाई अतिरिक्त रकम फिर्ता गर्नुपर्ने असम्भव उठाएर शैक्षिक संस्थाहरुलाई आन्दोलन गर्न उस्काउँदै आएको आरोप लगाए ।
हिसान, प्यावसन र एन प्याबसन मिलेर गरेको पत्रकार सम्मेलनमा उनले नीजि विद्यालयका सञ्चालकहरु यस्तो कार्य गर्न असमर्थ रहेको बताउँदै त्यसमा जबरजस्ती गरियो भने बाध्य भएर यहाँका सम्पुर्ण विद्यालय तथा कलेज बन्द गरेर सडमा आउने बताए ।
हिसानका अध्यक्ष संजिव कुमार ठाकुरले भने,‘मेयर मनोज कुमार साह अति व्यवहारिक भइदिए कि व्यवहारकै आधारमा सबैको सुनेर कार्यपालिका चलाउन खोज्ने गरेको भएपनि कहि कतै उहाँ दबाब, प्रभाव या मजबुर भएकोले नै आफैले गरेको निर्णयलाई उल्टाउनुभएको हो ।’
त्यस्तै न्यू इंगलिस स्कूलका सञ्चालक अनिल अग्रवालले शिक्षा जस्तो गम्भीर विषयलाई उनीहरुले सर्वदलिय सहमति गरेर नयाँ कार्यविधि बनाएर ल्याए त्यसलाई नयाँ भर्ना वर्षदेखि लागु गर्न तयार रहेको जानकारी गराए ।
यत्ता, मोडले मल्टिपल कलेजका सञ्चालक विरेन्द्र साहले थपे, ‘कुनै पनि कलेजले कक्षा ११ मा भर्ना शुल्क लिइसकेपछि १२ मा लिएको छैन ।’
प्राध्यापक साहले नेविसंघको अभियान काठमाण्डौं, विराटनगर, धरान नभएर जनकपुरधाममा मात्र किन प्रश्न राखे ।
कार्यविधीमै त्रुटि
उप–महानगरले कलेजलाई गरेको पत्राचारमा उल्लेखित २०७४ को विद्यालय छात्रवृत्ती वितरण कार्यविधिको अनुच्छेद २.४ मा छात्रवृत्तीलाई एक किसिमले परिभाषित गरिएको छ भने सोहि कार्यविधीको अनुच्छेद ५.३ (छात्रवृत्तीमा विद्यार्थी छनौट गर्ने प्रक्रिया) को बुँदा नं. ङ मा यसरी सिफारिस भएको विद्यार्थीहरुको भर्ना शुल्क मासिक शिक्षण शुल्क र परीक्षा लिन पाइने छैन भनेर मात्र उल्लेख छ । यसको अर्थ त्यस बाहेकका शुल्क विद्यालयले लिन पाउने दर्शाउँछ ।
हिसानका धनुषा जिल्ला अध्यक्ष संजिव ठाकुर, एन प्यावसनका जनकपुरधाम नगर अध्यक्ष दिपक ठाकुर र प्यावसनका नगर अध्यक्ष रविन्द्र चौधरीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै विरोध जनाएका हुन् । उनीहरुले जनकपुरधाममा सञ्चालित नीजि विद्यालय र कलेजलाई हटाएरपछि कल्पना गर्नोस कस्तो हुने विज्ञप्तिमा समेत उल्लेख गरेका छन् ।