२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

तिमी र म सँगै रोपौं

shivam cement
बबिता भट्टराई
२०८२ कार्तिक ३ गते १५:००
Shares
तिमी र म सँगै रोपौं

तिमी बाउसे बन
अनि ;
म रोपार,
आसको झरीमा रूझ्दै रूझ्दै 
मिलनको लाली पोतेर, 
आऊ ;
तिमी र म सँगै रोपौ
एउटा आफ्नोपनको बीउ।

तिमी सीमानाको आली बाँध
म ; 
अवरोधका डल्ला सम्याउँछु,
साथ र सहयोग सँगै नारौ
विश्वासलाई सियो बनाइ,
आऊ ;
तिमी र म सँगै रोपौ
एउटा स्थायित्वको बीउ।

तिमी एकताको भाका झिक
म ;
लय मिलाउछु ;
हर साझ मंसिर बनाऔँ
हर बिहानी असार बनाइ,
आऊ,
तिमी र म सँगै रोपौ
एउटा समृद्धिको बीउ।।

 

तिहारमा कविता शृङ्खला

सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल

समय - बसन्त श्रेष्ठ

तिमी र म सँगै रोपौं - बबिता भट्टराई

प्रेमपत्र - मुकुल दाहाल 

शीतयुद्ध - अनमोल कँडेल

जीवन र कविता - भानुभक्त आचार्य

घाउ - सीता पाण्डे

फिलिङ्गो - केशव सिग्देल

सन्देह - अभय श्रेष्ठ

त्यो तिमी हौ - भगवती बस्नेत

सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा

जून खसेको दिन - दीपक ज्ञवाली

म एक श्रमिक - सुमिना

एउटा नोटको जीवनी - भूपिन

नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी

माटोको धमनी - रेशम विरही

यात्रा गान - बीपी अस्तु

तिमीलाई पर्खिरहेछु - जनक कार्की

तिमी पनि रसाएको देखें - झलकजी विकल्प 

फर्किन मन छ - दीर्घराज उपाध्याय

एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा 

जीवनदायी तिहार - लक्ष्मी थापा 

सम्बन्धित खबर