२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

समय

shivam cement
बसन्त श्रेष्ठ
२०८२ कार्तिक ३ गते १६:००
Shares
समय

समयको घेराबन्दीमा 
अनिश्चित जिन्दगी
था छैन कता कोल्टे पर्ने हो 
त्यो समय 

यो समय
भुत/ भबिश्य अनि बर्तमानको
कठघरामा ठिङ्ग अपराधि भएर उभिएकोछ
हिजो नसोचिएको कथा
आज पोखिएकोछ
भबिश्य नदेखेको ईतिहास 
आज कोरिएकोछ

थाहा छैन 
समयको क्रूरतामा
भोलिको समयको चक्र
तर बर्तमानमा
डर, त्रास र पिडा भोगिरहेछ
आज
मान्छे आफुलाई बन्दक बनाएर 
कोठा भित्र बसेर 
समयको क्रुरता बेहोरिरहेकोछ 
बिना हातहतियार
संघर्षको मैदानमा 
संयम र धर्यताले 
अदृश्य शत्रु संग भिडीरहेछ 

संक्रमणको संख्यामा कोहिआत्तिएको छैन 
न त् मृत्यु संख्या बढेकोमा आत्तिएको छ  
न त अदृश्य शक्तिको आकारमा नै 
ऊ  त निरन्तर जुधिरहेको छ 
ऊ  त निरन्तर लडिरहेको छ 
समयको क्रुरता संग
आफुलाई बन्दी बनाएर  

ए बाहिर सडकमा बसेर लड्नेहरु 
ए तोप र गोली गट्ठामा विश्वास गर्ने हरु 
आऊ भित्र आऊ
यो भिन्नै समयको त्रासदीमा 
समयको क्रुरता संग
बन्द कोठा भित्र बसेर 
लड्न आऊ  
भिड्न आऊ 

यो समयको लडाई हो 
मानब जाति बिरुद्ध अदृश्य शक्ति संगको 
सम्पूर्ण मानब जाति एक भएर ईतिहास रचेको 
एउटा ऐतिहासिक संघर्षको  

उच्च प्रविधको समय 
औंलाको टुप्पामा सिमित
आफ्नो आकांक्षा पुरा गर्न सकिने 
यो समय  
आऊ घर भित्र आऊ
भित्रै बसेर खेल 
भित्रै बसेर काम गर 
भित्रै बसेर टाढासँग सम्बन्ध राख 
अनि 
यो समय 
एउटा अदृश्य लडाई लड्न 
एउटा अदृश्य शत्रुसँग
भित्रै  बसेर लड 

चुपचाप अनि शान्त रहेर 
जित्न सकिने 
यो क्रुर समय लाई 
भुत, भविष्य अनि बर्तमानको 
रेखा रेखामा 
आऊ 
बर्तमानमा चुपचाप चुपचाप 
बन्द कोठा भित्र बसेर 
आफ्नो आयूको लामो रेख तानौ ।
यो समयको माग हो । 
 
त्यसैले संयम गरौ. धैर्यता बाधौँ 
अबश्य जितिनेछ 
यो लडाई 
यस क्रुर समयमा !!!

(हाल भर्जिनिया, अमेरिका)

 

तिहारमा कविता शृङ्खला

सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल

समय - बसन्त श्रेष्ठ

तिमी र म सँगै रोपौं - बबिता भट्टराई

प्रेमपत्र - मुकुल दाहाल 

शीतयुद्ध - अनमोल कँडेल

जीवन र कविता - भानुभक्त आचार्य

घाउ - सीता पाण्डे

फिलिङ्गो - केशव सिग्देल

सन्देह - अभय श्रेष्ठ

त्यो तिमी हौ - भगवती बस्नेत

सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा

जून खसेको दिन - दीपक ज्ञवाली

म एक श्रमिक - सुमिना

एउटा नोटको जीवनी - भूपिन

नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी

माटोको धमनी - रेशम विरही

यात्रा गान - बीपी अस्तु

तिमीलाई पर्खिरहेछु - जनक कार्की

तिमी पनि रसाएको देखें - झलकजी विकल्प 

फर्किन मन छ - दीर्घराज उपाध्याय

एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा 

जीवनदायी तिहार - लक्ष्मी थापा 

सम्बन्धित खबर