२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

घरजग्गा क्षेत्रको कर्जा ५ खर्ब नाघ्यो, निष्क्रिय कर्जा पनि उस्तै

ADV
मनीषा अवस्थी
२०८१ असार ५ गते ०६:५०
घरजग्गा क्षेत्रको कर्जा ५ खर्ब नाघ्यो, निष्क्रिय कर्जा पनि उस्तै

काठमाडौं : घर जग्गा तथा रियलस्टेट क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो लगानी रहेको छ । चालू आर्थिक वर्षको बैशाखसम्मको अवधिमा घरजग्गाको क्षेत्रमा वाणिज्य बैंकहरूले गरेको ऋण लगानी ५ खर्ब २५ अर्ब ८४  करोड नाघिसकेको छ । कर्जासँगै घरजग्गा क्षेत्रमा भएको निसकृय लगानी पनि बढ्दै गएको कर्जा सूचना केन्द्रले जनाएको छ । तथ्यांक अनुसार चालू आर्थिक वर्षको १० महिनाको अवधिमा २ लाख ७९ हजार ५ सय ५० जना व्यक्ति तथा संस्था कालोसूचीमा परेको तथ्यांक छ । कालो सूचीमा पर्नेहरूमध्ये करिब ७० प्रतिशत घरजग्गा तथा रियलस्टेट कर्जा भएका व्यक्तिहरू रहेको स्रोत बताउँछ ।

घरजग्गा तथा रियलस्टेट क्षेत्रमा उच्च मुनाफको अपेक्षासहित लगानी गरे पनि आर्थिक मन्दस्का कारण अपेक्षाकृत प्रतिफल नआएपछि निष्क्रिय कर्जाको संख्या बढेको हो । विज्ञहरूकाअनुसार घर जग्गा क्षेत्रमा बढेको उच्च कर्जाकै कारण बैंक तथा वित्तीय क्षेत्रमा कालो सूचीमा पर्नेहरूको संख्यामा ह्वात्तै बृद्धि भएको छ । रियलस्टेट व्यवसायी ईश्वर खरेल भन्छन्, ‘घर जग्गा तथा रियलस्टेट क्षेत्रमा व्यवसायिक रूपमा काम गरिरहेकाहरूले उच्च अपेक्षा राखी लगानी गरेका थिए । तर, लामो समयदेखि कारोबार हुन नसक्दा रिण तिर्न सकेका छैनन् । जसले गर्दा कयौं व्यक्तिहरू कालोसूचीमा परेका छन् ।’

चालू आर्थिक वर्षको १० महिनामा मात्रै घरजग्गामा २८ अर्ब ५३ करोड ८० लाख रूपैयाँ ऋण गएको छ । गत आर्थिक वर्षको अन्त्यमा २० वटा बाणिज्य बैंकहरूले घरजग्गा तथा रियलस्टेट क्षेत्रमा गरेको लगानी ४ खर्ब ९३ अर्ब ३० करोड ३० लाख रूपैयाँ थियो । चालू आर्थिक वर्षको बैशाखसम्ममा यस्तो लगानी ५ खर्ब २५ अर्ब ८४ करोड नाघिसकेको छ ।

कुल लगानीमध्ये बैंकले व्यक्तिगत आवासीय कर्जामा बढी लगानी गरेका छन् । बैशाखसम्मको अवधिमा उक्त शिर्षकमा ३ खर्ब १२ अर्ब ६३ करोड रूपैयाँ पनि बढी ऋण लगानी गरेका छन् भने रियलस्टेट शिर्षकमा २ खर्ब १३ अर्ब २० करोड भन्दा बढी लगानी गरेका छन् । 

‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीले मात्र घर जग्गामा लगानी गर्न पाउने प्रावधान छ । हालसम्म घर जग्गामा सबैभन्दा धेरै ऋण लगानी गर्ने बैंकको पहिलो नम्बरमा एनआईसी एशिया बैंक रहेको छ । एनआईसीले हालसम्म ९० अर्ब ६५ करोड रूपैयाँ घरग्गा तथा रियलस्टेटमा लगानी गरेको तथ्यांक छ । अर्ब ८ एनआइसीले व्यक्तिगत आवासीय कर्जा ६१ अर्ब ४२ करोड र रियलस्टेट कर्जामा २९ अर्ब २२ करोड ऋण प्रवाह गरेको छ । 

भरेष्ट बैंकले व्यक्तिगत अवासिय घरकर्जा २० अर्ब ८९ करोड र रियलस्टेट कर्जा ३ अर्ब ५७ करोड रुपैयाँ प्रवाह गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत अवासिय घर कर्जा १४ अर्ब २९ करोड र रियलस्टेट कर्जा ८ अर्ब ८१ करोड लगानी गरेको छ । त्यसैगरी नबिल बैंकले पनि घरजग्गा तथा रियलस्टेट क्षेत्रमा ठूलो लगानी गरेको उक्त बैंकले ४८ अर्ब ५ करोड रूपैयाँ यो क्षेत्रमा बैशाखसम्मको अवधिमा लगाइसकेको छ । 

घरजग्गा तथा रियलस्टेट क्षेत्रमा सबैभन्दा कम घर कर्जा प्रवाह गर्ने वाणिज्य बैंक एनआइसी बैंक रहेको छ । उक्त बैंकले बैशाखसम्मको अवधिमा ७ अर्ब ३ करोड घरजग्गा तथा रियलस्टेट क्षेत्रमा ऋण लगानी गरेको  तथ्यांक छ ।

चलू आर्थिक वर्षमा २ करोड रुपैयाँसम्मको कर्जालाई राष्ट्र बैंकले व्यक्तिगत आवासीय कर्जा भन्ने गरेको छ । यसबाहेक विकास बैंक, विभिन्न बीमा कम्पनी र वित्तीय कम्पनीहरूले रियलस्टेटमा गरेको लगानी ३५ अर्ब ७६ करोड ६० लाख पुगिसकेको छ । बैशाखसम्ममा बैंक तथा वित्तीय क्षेत्रले गरेको कूल ऋण लगानी ५१ खर्ब १२ अर्ब ५८ करोड ८० लाख रहेको छ । यसमध्ये वाणिज्य बैंकहरूले मात्रै गरेको कूल लगानी ४५ खर्ब २१ ऋर्ब ६८ करोड ५० लाख रूपैयाँ छ । 

ADVADV

सम्बन्धित खबर

Advertise