काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले प्रतिष्ठित युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ अन्तर्गत ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको छ ।
मंगलबार सिंगापुरमा आयोजित विशेष समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा कोरेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।
सन् १९९२ देखि प्रदान हुँदै आएको सो अवार्ड बैंकिङ क्षेत्रमा राम्रो काम प्रदर्शन गर्ने संस्थालाई दिइँदै आएको छ । ग्लोबल आइएमईलाई यस वर्ष ग्राहक सेवा, वित्तीय प्रदर्शन, सामाजिक उत्तरदायित्व, वातावरणीय र सुशासन क्षेत्रमा योगदान तथा नयाँ प्रविधि अपनाउने प्रयासका आधारमा सम्मान गरिएको जनाइएको छ ।