२०८२ भदौ १९ गते बिहिवार / Sep 04 , 2025 , Thursday
२०८२ भदौ १९ गते बिहिवार
Ads

लेमिनार टायल्सको कलंकीमा खुल्यो सोरुम

shivam cement
मध्यान्ह
२०८२ भदौ १९ गते २१:३०
लेमिनार टायल्सको कलंकीमा खुल्यो सोरुम

काठमाडौं : नेपालको पहिलो र एक मात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले कलंकीमा नयाँ डिलर सोरुम सञ्चालनमा ल्याएको छ । कलंकीस्थित टन्केश्वर टाइल एन्ड मार्बल हाउसलाई आधिकारिक डिलरका रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो सोरुम उद्घाटन गरेको हो ।

टन्केश्वर टाइल एन्ड मार्बल हाउसका सञ्चालक प्रज्ज्वल अधिकारी र लेमिनार टायल्सका निर्देशकद्वय अभिनभ चुरिवाल र आशुतोष खेतानले संयुक्त रूपमा ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको डिलर सोरुमको उद्घाटन गरे । निर्देशक अभिनभ चुरिवालले लेमिनार टायल्सले देशभर १ सयभन्दा बढी विशेष सोरुम स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए ।

लेमिनार टायल्सका अर्का निर्देशक आशुतोष खेतानले लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरू टायल्सभन्दा बढी रहेको बताए ।

बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा अवस्थित अत्याधुनिक युरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ । कम्पनीले ५ सयभन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ ।

ADV

सम्बन्धित खबर

Advertise