दोहा, कतार : कतारमा सन् २०२० बाट सुन चाँदी व्यवसायमा सक्रिय रहेको भिक्टोरिया गोल्ड एन्ड डायमन्डले आफ्नो नयाँ शाखा विस्तार गर्ने भएको छ । बिहीबार राति आयोजित पत्रकार सम्मेलनमार्फत नयाँ शाखाका रूपमा कतारको अलखोर सहरको सफारी मार्केट नजिक रहेको डाउन टाउनको ग्राउन्ड फ्लोरमा सञ्चालन गर्न लागिएको जानकारी दिइयो ।
भारत केरलाका नागरिक मोहमद फैजल भिक्टोरीयले सञ्चालन गरेको उक्त व्यवसायको पाँचौं शाखाका रूपमा सञ्चालन गर्न लागिएको सञ्चालक फैजलले बताए । उनले नेपाली समुदायको माया र साथकै कारण आफू सफल हुँदै गएको बताउँदै आफ्नो प्रत्येक पसलमा नेपाली कालीगढ कार्यरत रहेको बताए । सम्मेलनमा दिइएको जानकारी अनुसार आगामी १२ तारिक शुक्रबार साँझ समुद्घाटन हुने ब्रान्चबाट २४ क्यारेटको ५० ग्राम भन्दा तल सुनका गहना खरिदमा ५० प्रतिशत, १०० ग्राम भन्दा बढीका गहना लिएमा मेकिङ चार्ज फ्री र २०० ग्राम भन्दा बढीका गहना लिँदा एउटा सुनको सिक्का उपहार दिइने जानकारी दिइयो ।
हाल कतारमा रहेका अन्य ब्रान्चमा पुगेर टिकटक बनाउनेको नाम गोला प्रथामा जाने र उक्त गोलाप्रथाद्वारा विजेता पाँच जनालाई आकर्षक पुरस्कार प्रदान गरिने समेत जानकारी दिइयो । कतारको नेपाली समाजका अग्रपङ्क्तिमा देखिने सीमित व्यक्तित्व, केही पत्रकार र सोसियल मिडियाका कन्टेन्ट क्रियटर माझ सम्पन्न भएको हो । भिक्टोरियाले नेपाली समाजले आयोजना गर्ने विभिन्न कार्यक्रममा प्रायोजन गर्दै आइरहेको छ ।
सम्मेलनको अन्त्यमा उपस्थितमध्ये मोरङका मोहमद सैयदले सुन लगेर नेपाल जाँदा सरकारले एयरपोर्टमा दिने गरेको दु:खप्रति चिन्ता व्यक्त गर्दै मिडियाले आवाज उठाइदिन समेत आग्रह गरे । कार्यक्रम सहजीकरण गरिरहेका सञ्चारकर्मी रोशन अर्यालले कतारबाट कसैको पनि भरिया बनेर कुनैपनि किसिमका गहना नबोक्न आग्रह गरेका थिए । कतारका अधिकांश ठुला सुन पसलमा समेत सुन सप्लाई गर्ने फैजलले सुन चाँदीसँग छलकपट नगरी व्यापार गर्नुपर्ने बताए । एक पटक ग्राहकको विश्वास टुट्यो भने त्यो विश्वास पुन: पाउन गाह्रो हुने उनको बुझाइ छ ।