२०८२ भदौ १९ गते बिहिवार / Sep 04 , 2025 , Thursday
२०८२ भदौ १९ गते बिहिवार
Ads

एनआइसी एसिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलमा छुट

shivam cement
मध्यान्ह
२०८२ भदौ १९ गते २१:३१
एनआइसी एसिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलमा छुट

काठमाडौं : एनआइसी एसिया बैंकका ग्राहकले स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा छुट पाउने भएका छन् । 

बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको सो हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुटका लागि हस्पिटल र बैंकबीच सम्झौता भएको हो ।

समझदारीसँगै यस यस बैंकका ग्राहकले सो हस्पिटलमा जनरल बेड, क्याबिन भर्ना, आइसीयु, एक्से–रे आदिमा सेवा लिँदा सो छुट सुविधा उपयोग गर्न सकिनेछ ।

यस सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल एपमार्फत भुक्तानी गर्नुपर्नेछ । हस्पिटलसँगको सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise