२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

कागेश्वरी मनोहरा ९ का महिलालाई उद्घोषण तथा कार्यक्रम प्रस्तुतीकरण तालिम

hardik ivf
मध्यान्ह
२०८१ माघ २२ गते २२:११
कागेश्वरी मनोहरा ९ का महिलालाई उद्घोषण तथा कार्यक्रम प्रस्तुतीकरण तालिम

काठमाडौं : काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ९ ले महिला चेतनामूलक कार्यक्रम अन्तर्गत २५ जना महिलालाई १५ दिने उद्घोषण तथा कार्यक्रम प्रस्तुतीकरण विशेष तालिम दिएको छ । 

सरस्वती पूजाका दिन आयोजित समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, वडा नंं ९ का वडाध्यक्ष अनिल थापा लगायतले प्रमाणपत्र प्रदान गरेका थिए । 

तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख उपेन्द्र कार्कीले आफूले सिकेको सीप र ज्ञान व्यवहारमा प्रयोग गर्न आग्रह गरे । राम्रो मान्छेको खोजी सबैले गर्ने तथा ज्ञानले थप पहिचान पनि दिने भएकाले अवसर पाउँदा अगाडि बढ्न र व्यवसायिक रुपमा समेत आफ्नो कलालाई प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । 

नगर उपप्रमुख शान्ता थापाले सिकेको सीपलाई प्रयोग गर्न समूह बनाएर अघि बढ्न सुझाव दिइन् । १५ दिनको सिकाइले महिला दिदीबहिनीहरुमा निकै उर्जा मिलेको महसुस भएको उनको भनाइ छ । 

वडा नंं ९ का वडाध्यक्ष अनिल थापाले तालिमको उद्देश्य महिलाहरुलाई आयआर्जन गर्न सहज होस् भन्ने पनि रहेको बताए । समाजमा सचेतना फैलाउन सक्ने बनाउन अझ थप तालिमहरु प्रदान गर्ने पनि उनले बताए । 

वडा नं. ७ का वडाध्यक्ष भिमसेन थापाले सबै प्रशिक्षार्थीहरुलाई तालिम प्राप्त गरेकोमा बधाइ दिँदै महिलाहरुको क्षमता अभिवृद्धिका लागि यस्ता प्रकारका तालिमहरु आवश्यक पर्ने बताए ।

प्रमुख प्रशिक्षक शिरोमणि दवाडी तथा प्रशिक्षक पुरुषोत्तम बस्नेतले प्रयोगात्मक र प्रविधिमैत्री तालिम भएकाले प्रशिक्षार्थीहरूमा संचार कुशलता पनि बढेको जानकारी दिए । समापन कार्यक्रम प्रशिक्षार्थीहरुले नै सञ्चालन गर्दै आफूले तालिमका क्रममा सिकेका र अनुभव गरेका कुराहरुले आत्मविश्वासका साथै सूचना र प्रविधिलाई प्रयोग गर्दै व्यवसायिक विकास गर्न पनि तालिम उपयोगी रहेको बताएका थिए । 

समापन कार्यक्रममा कार्यपालिका सदस्य सारा पुर्कुटी, वडा –९ सदस्य भगवती बस्नेत पाण्डे  र  मन्जु थापा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको  उपस्थिति रहेको थियो ।

ADVenergy

सम्बन्धित खबर

Advertise