विराटनगर : प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङले तीन जनालाई सम्मान गरेको छ । मंगलबार विराटनगरमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीद्वारा उक्त सम्मान वितरण गरिएको हो ।
चौतारी मोरङले स्थापना दिवसका अवसरमा वितरण गर्दै आएको कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई प्रदान गरिएको छ । पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।
२७ औं स्थापना दिवसको अवसरमा विद्यावारिधि गर्ने प्रेस चौतारी मोरङका संस्थापक सचिव डिल्ली पोखरेल र पूर्व सचिव धर्मराज ढकाललाई सम्मान गरिएको छ ।
पोखरेलले नेपालको आर्थिक विकासमा कृषि सहकारी संस्थाहरुको भूमिका विषयमा विद्यावारिध(पीएचडी) र ढकालले नेपाली कटन उद्योगहरुमा कार्यरत मजदुरहरुको उत्प्रेरणा र कार्य सम्पादनको अवस्था विषयमा विद्यावारिध (पीएचडी) गरेका छन् ।