२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

ग्लोबल आईएमई बैंकको उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजाको यात्रा

ADV
मध्यान्ह
२०८१ असार ५ गते २१:५४
ग्लोबल आईएमई बैंकको उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजाको यात्रा

काठमाडौं : ‘सबैका लागि बैंक’ भन्ने मूलनारासहित २०६३ सालमा स्थापना भएयता ग्लोबल आईएमई बैंकले उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजालाई आत्मसात् गर्दै अघि बढिरहेको छ । यस यात्रामा बैंकले सबल वित्तीय सूचकसँगै आफूलाई अब्बल प्रमाणित गर्दै स्वदेश र विदेशमा रहेको नेपालीमाझ बैंकिङ सेवा दिँदै आएको छ । विश्वका विभिन्न मुलुकहरुमा बैंकका प्रतिनिधि कार्यालय स्थापना गरी सेवा सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।

बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकालले यस बैंकलाई विश्वको उत्कृष्ट एक हजार बैंकमा समावेश गर्ने लक्ष्य राखेका छन् । ठूलो वित्तीय संस्थाको रुपमा नेपालको बैंकिङ्ग क्षेत्रलाई नै नेत्तृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको ग्लोबल आईएमई बैंकले बैंकिङ सेवामा प्रविधिमा आधारित सेवालाई प्राथमिकता दिँदै आएको छ । यिनै कारण ग्लोबल फाइनान्स म्यागाजिनले दिने यस वर्षको बेस्ट बैंक अवार्ड पाएर यो अवार्ड पाउने नेपालकै पहिलो बैंक बनेको छ ।

‘बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आईएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो’, बैंकले भनेको छ, ‘ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो ।’

ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बङ्लादेशको स्ट्यान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रोबैंक लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको थियो । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी समयसान्दर्भिक नविनतम् सेवाहरु प्रदान गर्दै आइरहेको ग्लोेबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट ‘नेपालको उत्कृष्ट बैंक’ को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरु प्रदान गर्न थप उत्साहित गर्ने बैंकले जनाएको छ । 

बैंकका ग्राहकवर्गहरुको माया, कर्मचारीवर्गको लगनशीलता, शेयरधनी, नियमनकारी संस्थाहरु, अन्य सरोकारवालाको मार्गदर्शनले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंकमा स्थापित गरेको बैंकको दाबी छ । यसअघि पनि बैंकले विभिन्न अवार्डहरु पाउँदै आएको छ । सन् २०२२ मा पनि बैंकले ‘युरोमनी अवार्ड फर एक्सलेन्स–बेस्ट बैंक नेपाल २०२२’ प्राप्त गरेको थियो । सन् १९९२ मा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एकमात्र अवार्ड हो । बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको थियो । 

युरोमनी म्याग्जिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको थियो । युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरु रहेका छन् । यो वर्ष अमेरिकाको बैंक अफ अमेरिकाले विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ ।

यसअघि सन् २०१६ मा बैंकले लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन ‘इन्टरनेशनल फाइनान्स म्यागजिन’द्वारा ‘बेष्ट इन्टरनेट बैंक २०१६–नेपाल’ अवार्डबाट सम्मानित भएको थियो। सिंगापुरमा आयोजना भएको उक्त विशेष कार्यक्रमका बीच बैंकलाई उक्त अवार्ड प्रदान गरेको थियो । ‘ग्लोबल आइएमई बैंकलाई गुणस्तरीय इन्टरनेट बैंकिङ सेवा प्रदान गरेको आधारमा उक्त सम्मानद्वारा सम्मानित गरेको हो’, बैंकले भनेको छ, ‘ग्लोबल आइएमई बैंक नेपाली भाषा (देवनागरीमा) इन्टरनेट बैंकिङ सेवा प्रदान गर्ने नेपालमा पहिलो बैंक हो ।’

बैंकले अत्याधुनिक प्रविधियुक्त सुरक्षित ग्लोबल अनलाइन इन्टरनेट बैंकिङ तथा ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

सबैभन्दा बढी कर दाखिला गर्ने बैंक 

ग्लोबल आइएमई बैंक लिमिटेडले अवार्ड मात्र पाएको छैन, सरकारलाई तिर्ने करमा पनि आफूलाई अब्बल बनाउँदै आएको छ । नेपालमा बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८÷७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो । आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा प्रकाशशरण महतले ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मान पत्र प्रदान गरेका थिए । सन् २००७ मा वाणिज्य बैंकको रुपमा ब बैंकिङ कारोबार सुरुवात गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ ।  

आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुसरण गर्दै कार्यसम्पादन गर्दै आईरहेको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ । 

आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता

इक्रा नेपालले जारीकर्ता रेटिङमा ग्लोबल आइएमई बैंकलाई आईसीआरएएनपी–आईआर अर्थात् ए रेटिङ दिएको छ । यसको अर्थ बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ ।

बैंकको पर्याप्त तरलता तथा पुँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय सञ्जाल, स्वस्थ व्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा यस बैंकको रेटिङको स्तर वृद्धि गरिएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise