२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

shivam cement
२०८२ भदौ ३१ गते २०:३८
Shares
गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

काठमाडौं : गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैकिङ एप ‘गरिमा डिजी बटुवा’बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको हो ।

गरिमा विकास बंैकका ग्राहकले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात् आफ्नो मोबाइल बैकिङ एपमा सेवा सुचारु गर्न सक्ने बैंकले जनाएको छ । सो भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले फोनपेको कुनै पनि क्युआर कोड र फोन पे नेटवर्कमा सजिलै भुक्तानी गर्न सक्नेछन् । 

न्यूनतम १० हजारदेखि अधिकतम १ लाखसम्म क्रेडिट सीमा रहेको सो भर्चुअल क्रेडिट कार्डमा भुक्तानीका लागि ग्राहकले अधिकतम ४५ दिनसम्म बिनाब्याज क्रेडिट रकम उपभोग गर्न सक्नुका साथै हिसाब राफसाफमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्पसमेत लिन सक्ने बैंकले जनाएको छ । 

भौतिक रूपमा नभई मोबाइल बैकिङ एपमा भर्चुअल रूपमा उपलब्ध हुने यस सुविधाले ग्राहकलाई थप सुरक्षित र नवीनतम अनुभव दिने विश्वास विकास बैंकले राखेको छ ।

ताजा खबर

सम्बन्धित खबर