२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

२४ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

ADV
छबि सापकोटा
२०८१ असार ६ गते २१:३५
२४ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं : नेपालको चालु आर्थिक वर्ष (आव)को ११ महिनामा आन्तरिक र बाह्यगरी तीन खर्ब सात अर्ब रुपैयाँ ऋण लिएको छ । ऋण लिएसँगै नेपालको सार्वजनिक ऋण २४ खर्ब ३४ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार नेपालको आन्तरिक ऋण ११ खर्ब ९२ कारोड ४८ लाख र बाह्य ऋण  १२ खर्ब सात अर्ब ८६ करोड पुगेको हो  । 

जेठ मसान्तसम्म नेपालको सार्वजनिक ऋणको अवस्थामा वाह्य ऋणको हिस्सा ५०.३२ प्रतिशत पुगेको छ भने आन्तरिक ऋणको हिस्सा ४९.६८ प्रतिशत पुगेको छ । 

सरकारले चालु आवको ११ महिनामा तीन खर्ब सात अर्ब रुपैयाँ आन्तरिक र बाह्य गरी सार्वजनिक ऋण लिएको छ भने एक खर्ब ९७ अर्ब भुक्तानी गरेको छ । २०८० असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रहेकोमा चालु आवको जेठ मसान्तसम्म आन्तरिक ऋण दुई खर्ब २५ अर्ब र वाह्य ऋण ८२ अर्ब ६७ करोड थपिएको हो । चालु आवमा सरकारले आन्तरिक र वाह्य गरी कुल ४ खर्ब ५२ अर्ब लिने लक्ष्य लिएको छ । अब लक्ष्य पूरा गर्न एक महिनामा सरकारले एक खर्ब ४५ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिनु पर्ने देखिन्छ ।  

तथ्यांकअनुसार अहिले नेपालको सार्वजनिक ऋणको हिस्सा कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४२ प्रतिशतको हाराहारी छ । ५० प्रतिशतसम्म सार्वजनिक ऋण लिन सक्ने अन्तर्राष्ट्रिय मान्यता भएपनि नेपालको ऋण ग्राफ बढ्दै जाँदा सो विषयमा चिन्ता समेत थपिएको छ ।

नेपालले लिएको ऋण उत्पादन मुलुक क्षेत्रमा सदुपयोग नभएको भन्दै विज्ञहरुले सार्वजनिक ऋण बढ्नुलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन् । सरकारले आम्दानीको ठूलो हिस्सा आन्तरिक ऋणको साँवा–ब्याज तिर्न खर्च गरिरहेको छ । आगामी दिनमा सार्वजनिक ऋण तिर्न सरकारले ऋण लिएर सावाँ ब्याज तिर्नुपर्ने बाध्यता आउने देखिन्छ । २०७८ सालको जनसंख्यालाई हेर्ने हो भने प्रतिव्यक्ति ऋणको हिस्सा ८२ हजार ५ सय रुपैयाँ नाघेको देखिन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise