२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

बढ्यो विप्रेषण आप्रवाह

ADV
मध्यान्ह
२०८१ मंसिर २७ गते १७:२७
बढ्यो विप्रेषण आप्रवाह

काठमाडौंः नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को चार महिनाको आर्थिक तथा वित्तीय स्थितिमा आधारित विवरण सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा ९.१ प्रतिशतले वृद्धि भइ रु.५ अर्ब २१ अर्ब ६३ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो । चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा भने कुल ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ बराबर विप्रेषण भित्रिएको थियो।

यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ५ खर्ब ६८ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब २१ अर्ब ४३ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ३७ हजार ४७५ र ६८हजार ८४१ रहेको थियो । 


 

ADVADV

सम्बन्धित खबर

Advertise