२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

बझाङमा दुई उम्मेदवारले पाउने छैनन् आफैंलाई भोट हाल्न

Nada
सत्यराज सिंह
२०८२ माघ १९ गते १५:४२
Shares
बझाङमा दुई उम्मेदवारले पाउने छैनन् आफैंलाई भोट हाल्न

बझाङ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बझाङमा सात दलका सात उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये दुई जना उम्मेदवारले भने यसपटक आफैंलाई मतदान गर्न नपाउने भएका छन् ।

ncell

मतदान गर्न नपाउने उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल किसान मजदुर पार्टीका प्रतिनिधि छन् । रास्वपाबाट बझाङमा उम्मेदवारी दिएका शैलेश सिंह कैलालीको धनगढी उपमहानगरपालिका–५, हसनपुरका मतदाता हुन् । मतदाता नामावली कैलालीमा रहेकाले सिंहले बझाङमा हुने निर्वाचनमा मतदान गर्न नपाउने भएका छन् ।

त्यसैगरी नेपाल किसान मजदुर पार्टीका उम्मेदवार दलबहादुर बोहराको पनि अवस्था उस्तै छ । बझाङबाट उम्मेदवार बनेका बोहराको स्थायी ठेगाना कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा रहेको छ । मतदाता नामावली कञ्चनपुरमा रहेकाले उनले पनि यसपटक आफैंलाई मतदान गर्न नपाउने भएका हुन् ।

यी दुई बाहेक बझाङमा नेकपा एमालेबाट ऐन महर, नेपाली कांग्रेसबाट प्रकाश रसाइली स्नेही, नेपाली कम्युनिष्ट पार्टीबाट मीनबहादुर कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विश्वप्रकाश जेठारा, नेपाल कम्युनिष्ट पार्टी (विप्लव) बाट भरत मल्ल चुनावी मैदानमा उत्रिएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर