२०८२ कार्तिक १७ गते सोमवार / Nov 03 , 2025 , Monday
२०८२ कार्तिक १७ गते सोमवार
Ads

मोना डेनमार्कले गर्‍यो बिरामीलाई आर्थिक सहयोग

shivam cement
तिलु शर्मा पौडेल
२०८२ कार्तिक १६ गते १९:०५
मोना डेनमार्कले गर्‍यो बिरामीलाई आर्थिक सहयोग

दोहा, कतार : डेनमार्कमा रहेका म्याग्देलीहरूको साझा संस्था मोना डेनमार्कले संस्थागत रूपमा जिल्लाका एक बिरामीलाई आर्थिक सहयोग गरेको छ । टाउकोमा गम्भीर स्वास्थ्य समस्याबाट पीडित म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवती, घट्ट निवासी ३४ वर्षीय प्रकाश बरुवालको उपचारका लागि १ लाख ३० हजार रुपैयाँ सहयोग गरेको हो ।

डेनमार्कमै कार्यरत बरुवालका छिमेकीसमेत रहेका राजीव कार्कीको विशेष पहलमा उक्त रकम संकलन गरिएको थियो । मोनाले प्रवासदेखि जिल्लाका विभिन्न स्थान तथा व्यक्तिहरूलाई आवश्यक परेको समयमा साथ सहयोग गर्दै आएको छ । रोजगारको सिलसिलामा दुबईमा रहेका बरुवालको दुबई को जेबेल अलि अस्पतालमा टाउकोको शल्यक्रिया गरिएको थियो ।

हाल थप उपचारका लागि न्युरो अस्पताल काठमाण्डौमा उपचार गराइरहेका बरुवालको टाउकोको हड्डी पुनः राख्नका लागि शल्यक्रिया सहितको उपचार गर्नुपर्ने भएकाले सहयोगदाताबाट सहयोगको अपिल गरिएको कार्कीले जानकारी दिए ।  घर मुली समेत आफै रहेका बरुवाल आफै बिरामी भएको र परिवारको अन्य आम्दानीको स्रोत नभएपछि उपचारमा समस्या भएको छ ।

साना छोराछोरी रहेको बरुवालको आम्दानीको स्रोत केही पनि छैन । स्वदेश तथा विदेशमा रोजगार र व्यवसायको सिलसिलामा रहेका नेपालीहरूलाई अस्पतालको बेडबाट म बाच्न चाहन्छु भन्दै बरुवालले सहयोगको अपिल गरेका छन् ।

सहयोगीको नामावली :

१- विशेष केसी- १५० डेनिस क्रोनर
२- चिना घर्ती मगर- १५० डेनिस क्रोनर
३- सन्तोष भण्डारी -१५० डेनिस क्रोनर
४- रूपचन्द्र कार्की- २०० डेनिस क्रोनर
५- निशान भण्डारी -२००  डेनिस क्रोनर
६- राजन थापा- ३०० डेनिस क्रोनर
७- राजन खत्री- १५० डेनिस क्रोनर
८- कृष्ण प्रसाद पौडेल- १५० डेनिस क्रोनर
९- रबिन श्रेष्ठ- १५५ डेनिस क्रोनर
१०- रूपक भण्डारी -१०० डेनिस क्रोनर
११- सुवास बरुवाल- १५० डेनिस क्रोनर
१२- ममता मल्ल भण्डारी- २५० डेनिस क्रोनर
१३- साजन भण्डारी- १०० डेनिस क्रोनर
१४- रबिन तिलिजा मगर- १५१ डेनिस क्रोनर
१५- अशोक भण्डारी- ३०० डेनिस क्रोनर
१६- अशोक बरुवाल- ३५० डेनिस क्रोनर
१७- सुजन भण्डारी- १५० डेनिस क्रोनर
१८- नुल बहादुर गर्बुजा पुन- २०५ डेनिस क्रोनर
१९- सबिता बानियाँ खत्री- १०० डेनिस क्रोनर
२०- रिमा सेन- २०५ डेनिस क्रोनर
२१- पुक नारायण तिलिजा- १५५ डेनिस क्रोनर
२२- लक्ष्मण गर्बुजा- १०५ डेनिस क्रोनर
२३- दिल बहादुर घर्ती- १५१ डेनिस क्रोनर
२४- राजीव कार्की- २०० डेनिस क्रोनर
२५- मुकुन्द सुबेदी- २५५ डेनिस क्रोनर
२६- अस्मिता भण्डारी- १०० डेनिस क्रोनर
२७- चित्र बहादुर पुर्जा- १०१ डेनिस क्रोनर
२८- जेम प्रसाद जुग्जाली- १०५ डेनिस क्रोनर
२९- राजाराम भण्डारी-२५० डेनिस क्रोनर
३०- मिलन खत्री- २०१ डेनिस क्रोनर
३१- टिका बहादुर पाइजा- १०५ डेनिस क्रोनर
३२- रत्न शर्मा पौडेल-१०५ डेनिस क्रोनर
३३- सञ्जय कार्की- २०० डेनिस क्रोनर
३४- सज्जन भण्डारी- २०० डेनिस क्रोनर

ADV

सम्बन्धित खबर